२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

नेपाली फिल्म : कथावस्तु कमजोर, गीत-सङ्गीत शसक्त



काठमाडौं । नेपाली फिल्मको सफलताको कारण गीत-सङ्गीत बन्ने गरेको छ । गीत-सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ ।

प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् । कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए । प्रचार-प्रसारको सशक्त माध्यम मानिएता पनि केही समययता भने गीत-सङ्गीतमा उलेख्य लगानी भएको पाइँदैन ।

पहिलेको तुलनामा गीत-सङ्गीतलाई भिडियोमा ल्याउँदा भव्यतामा कमी आएको स्वीकार्छन सङ्गीतकार अर्जुन पोखरेल । “केही गीत-सङ्गीतको राम्रो भिडियो बन्ने गरेको छ । यद्यपि यो सङ्ख्या कम छ”, सङ्गीतकार पोखरेल भन्छन, “फिल्ममा आउने गीत-सङ्गीतमा जति भव्यता भयो त्यति नै प्रचार-प्रसार हुन्छ । एकलरूपमा एल्बममा आउने गीतले धेरै दर्शक पाउँदैनन् ।” उनको सङ्गीत रहेको फिल्म स्टुपिड मन, प्रेम गीत, ऐश्वर्य, म यस्तो गीत गाउँछु सफल हुनुको कारण गीतहरू नै थिए ।

केही दिन अगाडि सार्वजनिक भएको ‘डिसेम्बर फल्स’ फिल्ममा समावेश फकाउनै जानिन बोलको गीतको भिडियोमा दुई सयको हाराहारीमा डान्सर प्रयोग गरिएको छ । चार दिन छायाङ्कन गरिएको गीत अडियोअनुसार बनेको नृत्य निर्देशक रामजी लामिछानेले बताए । “काममा स्वतन्त्रता धेरै समयपश्चात पाइयो । बजेटकै कारण निर्माता गीतलाई राम्रो बनाउन कन्जुस्याइँ पनि गर्नुहुन्छ”, उनले भने । उनी निर्माताको बजेटअनुसार काम गरेको बताउछन ।

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ८ : ३२ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल