२० पुस २०८१, शनिबार | January 4, 2025

फ्रान्समा गोली चल्यो , ३ जनाको मृत्यु



पेरिस । मध्य पेरिसमा रहेको कुर्दिश सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ ।

संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए ।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति दक्षिणपन्थी समूहहरूको खतराबारे बारम्बार चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  ७ : ३५ बजे

मोडल अफ लुम्बिनी सिजन-२ सम्पन्न

बुटवल । बालबालिकामा रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यकासाथ मोडेल अफ

समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च

काठमाडौं । बत्तिस सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एक जनामा आँखासम्बन्धी

लागुऔषधसहित १० जना पक्राउ

सुदूरपश्चिम । कैलाली जिल्लामा एकैदिन लागुऔषधसहित १० जना पक्राउ परेका

चीनमा आगलागी हुँदा आठ जनाको मृत्यु

बेइजिङ । उत्तरी चीनको तरकारी बजारमा शनिबार भएको आगलागीमा परी