२३ भदौ २०८१, आइतबार | September 8, 2024

राष्ट्रिय युवा संघ नेपाल महिला विभाग रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण



बुटवल । राष्ट्रिय युवा संघ नेपाल महिला विभाग रुपन्देहीले मैनाबगरमा रहेको मैनाबगर आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । युवा संघ नेपाल रुपन्देही महिला विभागको आयोजनामा उक्त सामाग्रीहरु वितरण गरेको हो ।

कार्यक्रममा युवा संघ नेपाल रुपन्देही महिला विभाग प्रमुख श्रद्वा कुबंरले युवासंघ नेपालले राजनितिकसंगै सामाजिक क्षेत्रमा केहि गर्नुपर्छ भन्ने उद्धेश्यले शैक्षिक सामाग्रीको वितरण गरेको बताईन ।

सो अवसरमा विद्यालयमा पढ्ने १२० जना विद्यार्थीलाई करिब ६ महिनालाई पुग्ने शैक्षिक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटि सदस्य तथा अनेमा संघका केन्द्रीय सदस्य ज्ञानु केसीले युवाहरु राजनिति परिवर्तन संगै सामाजिक काममा लाग्नु पर्ने बताईन । राष्ट्रिय युवा संघ नेपाल महिला विभाग रुपन्देहीद्वारा स्टेसनरी सहयोग गरि विद्यार्थीलाई पठनपाठन गर्न हाैसाला बढेकाे आगामी दिनमा पनि यसलाई थप निरन्तरता दिन आग्रह गरिन ।

कार्यक्रममा युवा संघ नेपाल रुपन्देही जिल्ला इन्चार्ज नकुल शाहि ठकुरी, केन्द्रीय सदस्य कल्पना पाण्डे मगर, जिल्ला अध्यक्ष मनोज गौचन, जिल्ला उपाध्यक्ष बिकास जङ बस्नेत, उपाध्यक्ष बिकास गतहराज, बुटवल नगर अध्यक्ष सुदर्शन खाम्छा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम राधिका महतको संचालन तथा श्रद्वा कुबंरको अध्यक्षमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ७ : १९ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर