९ बैशाख २०८२, मंगलबार | April 22, 2025

देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । यससँगै देउवालाई पुनः कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने अवसर प्राप्त भएको छ ।

कांग्रेस विधानमा ‘दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्ने’ व्यवस्था छ । दलको नेता चयन प्रक्रियाका लागि बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा ६४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

संस्थापनइतर समूहबाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगनकुमार थापा भने २५ मत प्राप्त गर्दै पराजित भए । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका थिए । उनीहरू नै संसदीय दलको निर्वाचनमा मतदाता थिए ।

देउवा यसअघि २०७४ मा समेत कांग्रेस संसदीय दलको नेतामा निर्वाचित बनेका थिए । त्यसबखत उनका प्रतिस्पर्धी नेता प्रकाशमान सिंह थिए ।

यसपटक भने सिंहसहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललेसमेत देउवालाई नै दलको नेतामा सहयोग गरेका हुन् । पौडेल यसपटक देउवालाई दलको नेता बनाउन प्रस्तावक आफैं बनेका थिए ।

यसैगरी, देउवालाई पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समेत साथ दिएका थिए ।

महामन्त्री थापालाई भने दलको नेताका लागि भएको निर्वाचनमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, १४औं महाधिवेशनमा देउवासँग सभापतिको प्रतिस्पर्धामा रहेका डा. शेखर कोइराला र त्यसबखत देउवा समूहबाटै महामन्त्री उम्मेदवार प्रदीप पौडेलले थापालाई साथ दिएका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : २८ बजे

आज पनि शिक्षक आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा

नवलपुरमा बाबुआमाको कुटपिटबाट ४ महिने शिशुको मृत्यु

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट

भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन्