९ बैशाख २०८२, मंगलबार | April 22, 2025

सेनाको फास्ट ट्र्याक सम्झौतामा रोक



काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं-तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ ।

विवाद’ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेका बेला सेनाले मुद्दा परेको कम्पनीलाई २६ मंसिरमा पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगी अड्डामा बोलाएको थियो । सोविरुद्ध परेको रिटमा बुधबार सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश सुष्मालता माथेमाको इजलासले ठेक्का सम्झौता नगर्न सेनाका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले २० मंसिरमा सुनुवाइ गर्दै २६ मंसिरमा ठेक्काका सक्कल दस्ताबेज पेस गर्न आदेश दिएको थियो  । सेनाले २६ मंसिरमा नै चिनियाँ फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई पत्राचार गर्दै १५ दिनभित्र ठेक्का सम्झौताका लागि जंगीअड्डामा बोलाएको थियो ।

सेनाको निर्णयविरुद्ध भारतीय कम्पनी एफ्कोन्स इन्फ्रास्ट्रक्चर कम्पनीका तर्फबाट ५ पुसमा सर्वोच्चमा रिट दायर भएको थियो । बुधबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले मुद्दा विचाराधीन रहेको अवस्थामा सुविधा र सन्तुलनका हिसाबले ठेक्का सम्झौता गर्नु उपयुक्त नहुने आदेश दिएको हो ।

सेनाका अनुसार आयोजना प्रमुख प्राविधिक सहायक रथी कमलविक्रम शाहद्वारा हस्ताक्षरित चलानी नम्बर १५८५३ रहेको चिठीमा चिनियाँ कम्पनीलाई १५ दिनभित्र ठेक्का सम्झौता गर्न बोलाइएको थियो ।

चिनियाँ कम्पनीले १८ अर्ब ८ करोड ६ लाख २७ हजार ९ सय ७५ रुपैयाँमा फास्ट ट्र्याकको छैटौं प्याकेज निर्माण गर्ने प्रस्ताव गरेको छ । ठेक्का सम्झौताअघि सेनाले नियमअनुसार २ अर्ब ३१ करोड ७ लाख ७६ हजार ८ सय रुपैयाँ पर्फमेन्स सेक्युरिटीका लागि बैंक ग्यारेन्टी प्रस्तुत गर्न लगाएको थियो तर बुधबारको सर्वोच्चको अन्तरिक आदेशसँगै सो कार्यमा पनि रोक लागेको छ । मुद्दाको अर्को पेसी शुक्रबारलाई तोकिएको जनाइएको छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ७ : २५ बजे

एक तोला सुनको मूल्य दुई लाख नजिक

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ ।

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत उपल्लो

कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको

आज पनि शिक्षक आन्दोलन जारी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा पूर्वनिर्धारित