२८ मंसिर २०८२, आइतबार | December 15, 2025

नारायणघाट-बुटवल सडक विस्तारको क्रममा काटिएका सामुदायिक वनका काठ कुहिन थाले



बुटवल । पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन् ।

सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ वटा रुख काटेर सम्बन्धित वनको घाटगददीमा राखिएका काठ दाउरा कुहिन लागेका छन् ।

जिल्लाको सिख्रौली, शिसवार, लामिचौर उपभोक्ता समिति अन्तर्गतका पाँचवटा मध्यवर्ती वनमा करिब तीन वर्ष अगाडि ठूलो मात्रामा काठ दाउरा काटेर राखिएको छ । सामुदायिक वन समितिले उपभोक्तालाई वितरण गर्न नपाउँदा कुहिएर काम नलाग्ने अवस्थामा पुगेको कावासोती १२ स्थित राजरत्न सामुदायिक वनका अध्यक्ष विष्णु लम्सालले बताए । “सडक निर्माण कम्पनी या चितवन राष्ट्रिय निकुन्ज कस्को कारणले रोकिएको हामीलाई जानकारी छैन, वनमा काठ कुहिएर काम नलाग्ने अवस्थामा छन”, लम्सालले भने ।

नारायणघाट बुटवल सडक आयोजना विस्तार गर्ने क्रममा काठ र दाउरा आफुहरुले सम्बन्धित सामुदायिक वनमा घाटगददीमा सुरक्षा गार्डको निगरानीमा राखिएको भएपनि चितवन राष्ट्रिय निकुन्जले आवश्यक प्रक्रिया ढिलो गरेका कारणले काठ र दाउरा सामुदायिक वनका उपभोक्ताले पाउन नसकेको सडक आयोजना कावासोती कार्यालयका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए ।

सडक आयोजना विस्तारको क्रममा निमार्ण कम्पनी, चितवन राष्ट्रिय निकुन्ज र उपभोक्ता समिति सहितको बैठकले रुख काटी निस्किएका काठ र दाउरा सम्बन्धित सामुदायिक वनलाई दिने गरी सहमति भएको लामिचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडलले बताए ।

केही प्रक्रियागत कुराले रोकिएको र छिट्टै उपभोक्ताले पाउने गरी वितरण हुने निकुन्ज कार्यालयबाट आफूले जाकारी पाएको पौडेलले बताए । रुख काटेर घाटगददी गरिएलगत्तै कोरोना कहर सुरु भएको हुँदा त्यो बेला वितरणको काम रोकिएको चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनले काठ दाउराको पुनः लगत सङ्कलनको काम सुरु गरिएको जानकारी दिए ।

निमार्ण कम्पनीले घाटगददी गर्दा आवश्यक मापदण्ड नअपनाएको र त्यो बेला काठ दाउरामा लगाइएका सङ्केत मेटिएकाले फेरि लगत सङ्कलन गरिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ४ : ५३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर