२७ पुस २०८१, शनिबार | January 11, 2025

शीतलहरबाट जोगाउन नवलपरासीमा थालियो पूर्वतयारी



मध्यविन्दु । चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ । चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ ।

नवलपरासीसहित तराईका जिल्लामा चिसो मौसमसँगै शीतलहरका कारण विशेषगरी विपन्न, गर्भवती, बालबालिका तथा ज्येष्ठ नागरिक प्रभावित हुने भएकाले लक्षित वर्गलाई जोगाउन आवश्यक तयारीमा जुटेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

“सम्भावित विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका विभिन्न स्थानमा सामूहिक धुनी (आगो ताप्ने) प्रबन्ध मिलाउन डिभिजन वन कार्यालयले न्यूनतम शुल्कमा दाउरा उपलब्ध गराउनेछ ।” उनले भने “कम्बललगायत न्यानो कपडा प्रबन्धका लागि न्यूनतम मौज्दात तयार गर्ने निर्णय गरिएको छ ।”

शीतलहरबाट बच्ने उपायका बारेमा सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रकाशन तथा प्रसारण गर्ने एवं शीतलहरको समयमा सडकयात्राको क्रममा दुर्घटनाको जोखिम हुने भएकाले सवारीसाधनमा फग्गी लाइटको अनिवार्य व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ ।

त्यसैगरी विद्यार्थीको स्कुल झोलामा रिफ्लेक्टिभ टेप वा स्टिकर टाँस्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । बैठकले जिल्ला प्रशासन कार्यालयबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा विपद् प्रभावित २० परिवारलाई वितरण गरिएको रु ९२ हजार अनुमोदन गरेको छ ।

शीतलहरको प्रभाव न्यून गर्ने पूर्वतयारीको कार्यमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिँदै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले दैवीप्रकोप उद्धार तथा राहत सामग्री तयारी अवस्थामा राख्न स्थानीय तह तथा सरोकारवाला सङ्घसंस्थालाई आग्रह गरे ।

शीतहलरबाट बच्नका लागि न्यानो कपडाको व्यवस्थापन, शीतलहरको समयमा घरबाहिर खुला स्थानमा धेरै समय नबस्ने, बस्नुपरे न्यानो कपडा लगाउने, घर बाहिर सुत्दा छाती तथा टाउको ढाकेर सुत्दा चिसोबाट जोगिनसक्ने जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले बताए ।

प्रकाशित मिति : ३ पुस २०७९, आइतबार  ७ : ४९ बजे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड

काठमाडौँ । प्रेस चौतारी नेपालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध

प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका

राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

काठमाडौं । थारू समुदायले यही पुस २९ गते र माघ

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औँ पृथ्वी जयन्ती तथा