९ मंसिर २०८१, आइतबार | November 25, 2024

समावेशिता उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज



बुुटवल । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एंव संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले समावेशि र समानु्पातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । जागरण मिडिया सेन्टरको २३ औं र रेडियो जागरणको १५ औं बार्षिकउत्सवलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री गहतराजले समावेशिता, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धीलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको बताए ।

उनले राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट समेत प्रहार भएको टिप्पणी गरे । उनले नेपालका राजनीतिक दलहरुले समेत दलित समुदाय मुुद्धा साझा बन्न नसकेको बताए । ‘मानव जातीको कलंकको रुपमा रहेको जातीय छुुवाछुत सबैको साझा समस्या बन्नुुपर्छ’ मन्त्री गहतराजले भने–‘त्यसैले दलित र गैरदलित दुुवैले साझा अभियान चलाउनुुपर्छ ।’

सञ्चारमाध्यले समाजको पिँधमा पारिएका समुदायको आवाजलाई प्राथमिकता दिनुुपर्नेमा जोड दिए । उनले जागरण मिडियाले नेपाली सञ्चार क्षेत्रमा समावेशिताको मुद्धालाई अझ सशक्त रुपमा उठाउनुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुुख खेलराज पाण्डेले नेपाली सञ्चारमाध्यम त्यसमा पनि समुदाय तहले सञ्चालन गरेका सञ्चारमाध्यमले संकट भोगिरेहेको बताए । उनले जागरणले समुदायमा सञ्चारमाध्यम मार्फत सचेतना छर्ने काममा महत्वपूर्ण योगदान पुु¥याएको बताए । उनले बुटवल उपमहानगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

त्यस्तै कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले नेपाली मिडियामा अझै पनि दलित तथा सिमान्तकृतको मुद्धा प्राथमिकतामा नपरेको बताए । उनले २०५७ सालमा सञ्चार माध्यमले गरिब र दलितका समस्यालाई समाचार नबनाएकै कारण जागरण मिडिया सेन्टरको जन्म भएको बताए । उनले ६४ सालमा ५१, जना प्रतिनिधिसभामा दलित समुदायको प्रतिनिधित्व भएकोमा ७९ सालमा आउदा १६जनामा सिमित हुनुले समावेशितामाथि गम्भिर प्रश्न उठेको बताए ।

कार्यक्रममा उत्पडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव कमला देवी विश्वकर्माले अझै पनि पछाडि पारिएका समुदायको आवाज मिडियामा आउन नसकेको बताईन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसि, नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विश्वकर्मा, राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाई, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, दलित संघका नेता बुद्धिराम हरिजन, सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब)का उपाध्यक्ष मिलन गाहाले शुभकामना दिएका थिए जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले २३ बर्षको यात्रामा थुप्रै आरोह र अवरोहरु पार गर्दै सामाजिक रुपान्तरणको अभियानमा सरिक भएको बताईन ।

विभिन्न क्षेत्रका ३ र कर्मचारी गरि ६ जना सम्मानित
बार्षिउत्सवको अवसरमा रेडियो जागरणले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको छ । प्रस्तर मूर्तीकला, चित्रकार र जनप्रतिधिका रुपमा कार्यरत एचवि रम्तेल, पत्रकारिता र साहित्यकार दीपक विश्वकर्मा र पूराना समाजिक व्यक्तित्व मिलन गौतमलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । रेडियो जागरणले शनिबारदेखि १५ बर्ष पूूरा गरि १६औं बर्षमा प्रवेश गरेको छ ।

 

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  ९ : ३१ बजे

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

काठमाडौं । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी तथा श्रीमती

सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू, कुल नगद पुरस्कार ६७ लाख ३२ हजार

काठमाडौं । सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सोमबारदेखि सुरू

विवाहपञ्चमीको तयारी सुरु

जनकपुर । यही मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने रामजानकी