६ पुस २०८१, शनिबार | December 21, 2024

अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार



काठमाडौं । सर्वोच्च अदालत प्रशासनले फौजदारी संहिता संशोधन गर्न सरकारले ल्याउन लागेको अध्यादेशविरुद्धको रिट निवेदन दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको छ ।

उक्त अध्यादेशविरुद्ध अधिवक्ता कपिलदेव ढकालले दर्ता गर्न पेस गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीले रिट निवेदन दर्ताका लागि (विषय) परिपक्व नभएको उल्लेख गर्दै दरपीठ गरेका हुन् ।

“सङ्घीय संसद्बाट पारित भएका विधेयक र नेपाल सरकार मन्त्रिपरिषद्बाट सिफारिस भएका अध्यादेशहरू राष्ट्रपतिज्यूबाट प्रमाणीकरण भएपश्चात मात्र कानूनको रूप धारण गर्ने संवैधानिक व्यवस्था रहेको देखिन्छ”, दरपीठ आदेशमा भनिएको छ, “नेपालको संविधानको धारा १३३ (१) तथा १३७ (२) बमोजिम कानूनको नै संवैधानिकता परीक्षण गर्न सक्ने यस अदालतमा अध्यादेश जारी नहुँदै रोकिपाऊँ भनी आशङ्काका भरमा रिट निवेदन लिइआएको देखिँदा अपरिपक्व अवस्थामा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन ।”

मन्त्रिपरिषद्को यही मङ्सिर २५ गतेको बैठकले फौजदारी संहिता संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ८ : २३ बजे

‘वर्तमान सरकारलाई असफल हुने छुट छैन’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ र पदस्थापन सम्पन्न

नेपालगन्ज । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको

प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)

पशुपति शर्मासँगै बुटवलको औद्योगिक व्यापार मेलामा झुमे दर्शक

बुटवल । बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ मा शनिबार