८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सुनको मूल्य प्रतितोला एक लाख



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ८२ दशमलव ३८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ११ : २७ बजे

मञ्जुरीबिना विवाह गरेका नाबालकलाई मुद्दा नचलाइने

काठमाडौं । महिला र पुरुष दुवै जना नाबालक भएको र

शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौं । आगामी शनिबारदेखि चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायतको अग्रिम

साफ महिला च्याम्पिनयसिप: ४० खेलाडीलाई बन्द प्रशिक्षणको लागि बोलाइयो

काठमाडौँ । साफ महिला च्याम्पिनयसिपका लागि बन्द प्रशिक्षणको लागि ४०

भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईका दुई जना कार्यकर्ता पक्राउ

काठमाडौँ । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी