२८ पुस २०८१, आइतबार | January 12, 2025

प्रेस चौतारीका नेतामाथि भएको दुर्व्यवहारप्रति चौतर्फि विरोध



बुटवल । गत शनिवार नेपालगञ्जमा आयोजित धारा नेपालगञ्ज म्याराथन प्रतियोगिताको समाचार संकलनमा रहेका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ सहित प्रेस चौतारी नेपालको बिभिन्न शाखा समितिहरुले निन्दा गरेका छन् ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्जार्ज रुद्र सुवेदी, प्रेस चौतारी नेपाल बाँकेका नेता खम्बप्रसाद पुन लगायतका पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको भन्दै पत्रकार महासंघको केन्द्र तथा बाँके जिल्ला, प्रेस चौतारीको लुमिबनी प्रदेश तथा बाँके जिल्ला शाखाले विज्ञप्ति निकालेका छन् ।

“पत्रकारको पहिचान हुँदा–हुँदै पनि तस्विर खिच्नेक्रममा आयोजक क्रियटिभ ह्याण्ड्स संस्थाका परिचालित कर्मचारीले समाचार संकलनमा फिल्डमा खटिएका पत्रकारमाथि बल प्रयोग गरेर धकेल्ने कार्यको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति निन्दा तथा भर्त्सना गर्दछौँ”, चौतारीको लुम्बिनी प्रदेश समितिले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्रतापूर्वक संवैधानिक अधिकार सहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको ठहर छ ।

समितिका महासचिव निरु गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यो घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति पत्रकारमाथि गरिएको यो ज्यादतीको घोर भर्त्सना गर्दै दोषीलाई कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौँ ।”

साथै आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक निर्वाध रुपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना दोहोरिन नदिन प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।

क्रियटिभ ह्याण्ड्स मुख्य आयोजक रहेको नेपालगन्ज म्याराथनमा समाचार संकलन गर्न पुगेका सुबेदी र पुनलाई क्रियटिभ ह्याण्ड्सका कर्मचारी सौगात विक्रम शाहले दुर्व्यवहार गर्दै मञ्चबाट ढकेलिदिएको पत्रकार द्वयले आरोप लगाएका छन् ।

 

 

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  ६ : १५ बजे

प्युठानको नारिकोटमा बुटवल हस्पिटलको स्वास्थ्य शिविर, ६ सय ४४ बिरामीले लिए सेवा

बुटवल । बुटवल हस्पिटल प्रा.लि.ले प्युठान जिल्लाको गौमुखी गाउपालिका वाड

सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री दृढ देखिनुपर्छ : कांग्रेस नेता शाही

काठमाडौं । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले प्रधानमन्त्री केपी शर्मा

प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भव : पूर्वाप्रधानमन्त्री देउवा

म्याग्दी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक

रवि लामिछाने पुनः प्रहरी हिरासतमा, बयान सकिए पनि थुनछेक बहस भएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं