६ माघ २०८१, आइतबार | January 19, 2025

महाअभियोग प्रस्ताव जीवितै छ : मन्त्री कार्की



काठमाडौं । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएकाले आगामी प्रतिनिधिसभामा छलफल भएर यो विषय निर्णयमा पुग्ने स्पष्ट पारेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “महाभियोगसम्बन्धी प्रस्तावमाथि प्रतिनिधिसभामा छलफल भई तयार भएको प्रतिवेदन अब गठन हुने प्रतिनिधिसभामा छलफल हुनेछ ।”

यसअघि महाअभियोगको प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालयले सर्वोच्च अदालतलाई पत्र पठाएको थियो । महाअभियोग प्रस्ताव अघिल्लो प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल हुनाकासाथै सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको थियो ।

तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा यही मङ्सिर ४ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको छ । गत फागुन १ गते सङ्घीय संसद्का महासचिवबाट निलम्बित प्रधानन्यायाधीश जबराले कार्यसम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र निष्प्रभावी भएको भनी सचिवालयले पत्र पठाएको छ ।

प्रधानन्यायाधीश जबराले मङ्सिर २० गते नियमित कार्यसम्पादन गर्न पाउँ भनी सचिवालयमा निवदेन दिएका थिए । जबरा यही मङ्सिर २७ गते अनिवार्य अवकास लिँदै छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ५ : १८ बजे

किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी

डडेल्धुरा । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि

बागमती । बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौं

सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन

बागलुङ । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले

गाजा युद्धबिराम आजदेखि सुरु, स्थायी शान्तिको प्रयासमा एक खुडकिलो

काठमाडौं । अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते

पर्वतका दुई सामुदायिक क्याम्पस ‘ मर्ज’

पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन्