२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

विश्वकप फुटबल-२०२२ को क्वार्टरफाइनल समीकरण पूरा, यी हुन भिड्ने टोली



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति नकआउटका अन्तिम दुई खेल भएसँगै क्वार्टरफाइनलमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल पुगेका हुन् ।

अब सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा क्रोएसिया र ब्राजिल भिड्ने छन् ।

यस्तै इङ्ल्याण्ड र फ्रान्स तथा मोरक्को र पोर्चुगल भिड्नेछन् । यस पटक नयाँ टोलीका रूपमा नेदरल्याण्ड्स, अर्जेन्टिना, मोरक्को र पोर्चुगल छन् । चार वटा टोली यसअघिकै दोहोरिएका छन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया शुक्रबार राति ८:४५ बजे भिड्ने छन् । त्यसै राति १२ः४५ बजे अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन् । यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ ।

शनिबार राति ८ः४५ बजे मोरक्को र पोर्चुगल भिड्ने छन् । शनिबार मध्य राति १२ः४५ बजे इङ्ल्याण्ड र फ्रान्स भिड्नेछन् । यी दुई खेलका विजेताको भेट सेमिफाइनलमा हुनेछ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  १० : २० बजे

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

होलीमय मिथिला

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु