९ बैशाख २०८२, मंगलबार | April 22, 2025

बीचमै अध्ययन छाड्ने समस्या रोक्न बाँकेको खजुरामा विद्यार्थीलाई साइकल



खजुरा । बाँकेमा विद्यार्थीहरुलाई बिद्यालयसम्म आउन आकर्षण दिन साइकल बितरण गरिएको छ । मंगलबार बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ स्थित श्री भानु माध्यमिक विद्यालय उढरापुर अध्यानरत कक्षा ९ देखि १२ कक्षामा अध्यनरत विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो ।

विद्यालयमा अध्यनरत १४८जना छात्र छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको खजुरा ५ का वडा अध्यक्ष गरिवे शेखले बताए ।

साइकल वितरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले बिद्यार्थीलाई साइकल बितरणबाट उनीहरुको शिक्षाआर्जन गर्न पाउने मौलिक हकमा समेत सहयोग मिलेको बताए । उनले बिचमै अध्यन छाड्ने प्रबृत्तिलाई रोक्न साइकल सहयोगी बन्न सक्ने बताए । अध्ययन पूरा गरेपछि मात्रै विवाह गरेमा छात्राहरुको समेत आत्मबल बढने अध्यक्ष विकले सुझाव दिए ।

मुस्लिम ,मधेसी मूलको बाहुल्य रहेको यस विद्यालयका अधिकांश बालिकाहरु बीचमै विद्यालय छाड्ने र चाँडै विवाह हुने समस्या छ ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष गरिबे शेषले विद्यालयलाइ आवश्यकता पर्ने सबै कुरामा गाउँपालिकाको समन्वयमा वडाले गर्ने आश्वासन दिए ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले साइकल वितरणबाट पालिकालाई शिक्षित बनाउन र शिक्षाक्षेत्रमै आमुल परिवर्तनका लागि मद्दत मिलेको बताए।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ८ : ०३ बजे

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परीक्षामा सहभागी हुदैनौं’

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक