२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य



काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । कर्णाली प्रदेशका प्रत्यक्षतर्फको २४ सिटमा महिला र दलितको उपस्थिति नदेखिएको हो ।

कर्णालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९-९ सिट जितेका छन् । एमालेले पाँच सिट जितेको छ । एकजना मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसमध्ये अधिकांश खसआर्य पुरुषका बाहुल्यता छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सभाको ३२ सिटमा पनि महिला र दलित प्रतिनिधित्व देखिँदैन । यहाँ नेपाली कांग्रेसले १२ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । आठ सिटसहित माओवादी केन्द्र दोस्रो दल बनेको छ ।

नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले तीन, एकीकृत समाजवादीले तीन सिटमा जित निकालेका छन् । एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । याे प्रदेशमा पनि अधिकांशमा खस आर्य पुरुषकै बाहुल्यता देखिन्छ । यहाँ महिला र दलितको प्रतिनिधित्व पुर्‍याउन समानुपातिक सिटको भर पर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ५२ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट