९ बैशाख २०८२, मंगलबार | April 22, 2025

जनवरीदेखि सुरु हुँदै फाइभजी



काठमाडौं । नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ । परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने ।

टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिए ।

मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो । सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो ।

प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ । उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ । टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो । आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ ।

जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ । आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ७ : ४५ बजे

भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

नेपालगन्ज । भेरी अस्पताल, नेपालगञ्जमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु

प्लाष्टिकजन्य फोहर नबाल्न काठमाडौं महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह

एक तोला सुनको मूल्य दुई लाख नजिक

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ ।

चराङ-छोसेर सडक धमाधम स्तरोन्नति

मुस्ताङ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत उपल्लो

कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला

काठमाडौं । कञ्चनपुरमा मोटरसाइकलसहित जलेको अवस्थामा एक शव फेला परेको