२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

इरानलाई हराउँदै अमेरिका नकआउट चरणमा



काठमाडौं । क्रिस्टियन पुलिसिकको निर्णायक खेलमा इरानलाई १-० अन्तरले पराजित गर्दै अमेरिका कतार फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति प्राप्त जितसँगै समूह ‘बी’ बाट उपविजेताको रुपमा अमेरिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो । यदि हारले भने अमेरिकाको सपना समाप्त हुने थियो ।

जितपछि अमेरिकाले तीन खेलबाट पाँच अंक जोड्दै दोस्रो स्थानमा रहयो । यस समूहबाट इंग्ल्यान्ड विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । इरान तीन अंक र वेल्स एक अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । बाँकी समय दुबै टोलीले गोलका केहि अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेनन् ।

रातिनै भएको खेलमा मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३-० अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस र सफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : ५८ बजे

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले

होलीमय मिथिला

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु