२९ फाल्गुन २०८१, बिहिबार | March 13, 2025

काठमाडौं-४ मा गगन थापा विजयी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको फराकिलो मतान्तरले जितेका छन् । नेकपा एमालेका राजन भट्टराईलाई उनले ७ हजार ४ सय ५६ मतान्तरले जितेका हुन् । प्रतिष्पर्धी भट्टराईले १३ हजार ८ सय ३७ मत पाएका छन् ।

महामन्त्री थापाले सुरुदेखि नै अग्रता कायम गरेका थिए । नेकपा एमालेको प्रभाव क्षेत्रमा समेत उनले आफ्नो अग्रता कायम गरेका छन् । गणना बुढानीलकण्ठको १ नम्बर वडाबाट सुरु भएको थियो । जुन एमालेको पकड क्षेत्र मानिन्छ । उक्त वडामा पछि पर्ने थापाको आंकलन थियो ।

स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षले कांग्रेससँग दोब्बर मतान्तरले जितेको भएपनि थापाले झिनो अग्रता कायम गरे । खसेको १५११ मतमा थापाले ६६७ मत पाउँदा भट्टराईले ६३३ मत पाए ।

बुढानीलकण्ठ-२ २७०५ मतम खसेको थियो । थापाले १३५८ र भट्टराईले ९४७ मत ल्याए । यो पनि स्थानीय तहमा एमालेले जितेको वडा हो ।

बुढानीलकण्ठ-८ मा थापाले ३३५५ खस्दा थापाले १४६४ ल्याए । भट्टराईको ११३१ मत रह्यो । यो पनि एमालेको प्रभावशाली वडा हो ।

बुढानीलकण्ठकै वडा नम्बर ९ थापाले १२३६ मत ल्याए भने भट्टराईको जम्मा ७७६ मत आयो । वडा नम्बर १० मा थापाले २२४८ मत ल्याए भने भट्टराईले १९३१ मत ल्याए ।

वडा नं १२ मा १५०७ थापाका पक्षमा खस्यो भने भट्टराईका पक्षमा ११५३ मत खस्यो । १३ नम्बर वडामा १६९१ थापाको मत रह्यो भने भट्टराईको जम्मा १४६० आयो ।

काठमाडौं महानगर सुरु भएपछि भने मतान्तर झन् फराकिलो बन्दै गयो । वडा नं १ मा ९८४ थापाका पक्षमा खस्यो भने जम्मा ३६७ भट्टराईले पाए । त्यसैगरी वडा ७ मा झन्डै दोब्बर ४५४४ मत ल्याए भने भट्टराईले २३०४ मत ल्याए ।

यसैगरी वडा ८ मा १४९८ मत थापाका पक्षमा खसेको छ भने जम्मा १०७५ भट्टराईले पाएका छन् । वडा नं ३० मा २२८३ मत र भट्टराईले ८२३ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ११ : ५४ बजे

बुटवल उद्योग वाणिज्य संघमा होली मिलन : सास्कृतिक एकता र सद्भावमा जोड

बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले

रङहरुको पर्व फागुः भक्तपुरका नेवाः समुदायमा पृथक ढङ्गको फागु

भादगाउँ । रङहरुको पर्व फागु अर्थात् होली आज काठमाडौँ उपत्यकासहित

समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील बनौं : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन

‘सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ’

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले