गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ५६ प्रतिशत मत खसेको छ । कूल १ लाख ४ हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा ५८ हजार ७५९ जनाले मात्र मतदान गरेका निर्वाचन कार्यालयले जनाएको छ ।
जसमध्ये रेसुङ्गा नगरपालिकामा ५ हजार ९७९, र्कोट गाउँपालिकामा १० हजार १८६, मालिका गाउँपालिकामा १० हजार ९२, मुसिकोट नगरपालिकामा १२ हजार ९२६, मदाने गाउँपालिकामा ९ हजार ३८३ र ईस्मा गाउँपालिकामा १० हजार १९३ मत खसेको कार्यालयले बताएको छ ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदमा नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र एमालेका गोकर्ण बिष्टको प्रतिष्पर्धा छन् ।
प्रतिक्रिया