२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

रुपन्देहीमा सुरक्षाकर्मी अभावमा नियमित चेकिङ प्रभावित (फोटो फिचर)



भैरहवा । रुपन्देही प्रहरीले सिद्धार्थ राजमार्गमा गरिरहेको नियमित चेकिङ हटाएको छ ।

भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै भैरहवा क्षेत्रमा पर्ने सो सडक खण्डमा भइरहेको नियमित सुरक्षा जाँच हटाइ, प्रहरी प्वान्टहरू समेत बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत रहेको बेलहिया बाइपास र अञ्चलपुरमा हुने नियमित चेकजाँच हटाइएको छ भने देवकोटा चोकस्थित प्रहरी बिट र बुद्धचोकमा तैनाथ सुरक्षाकर्मीहरू पनि हटाइएको छ ।

प्रहरीले नियमित चेकजाँचलाई निरन्तरता दिँदै थप सुरक्षा योजना गर्नु पर्नेमा भएको नियमित चेकजाँचलाई समेत अहिले हटाइएको छ । बिहानैदेखि भैरहवाको हाटबजार, आँखा अस्पताल, मेउडिहवा मिलनचोकलगायत हाइवेको पश्चिम तर्फमात्रै सुरक्षा चेकजाँच भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले भएका प्रहरी निर्वाचनमा खटिएकोले जनशक्ति अभावमा चेकजाँचमा केही ग्याप भएको बताए । शनिबार मुभमेन्ट पनि कम भएकोले ठाउँठाउँमा मोबाइल टोली, विभिन्न ठाउँमा चेकजाँच, मतदान केन्द्रहरू सुरक्षामा प्रहरी खटिएको छ, समग्रमा जिल्लाको सुरक्षा स्थिति राम्रो छ ।

निर्वाचनलाई लक्षित गर्दै जिल्लामा तीन हजार ९५ र एक हजार सात सय ३६ नेपाल प्रहरी खटिएका छन् । अहिले मतपेटिका बढी हुने भएकोले पहिलाभन्दा धेरै सुरक्षाकर्मी तैनाथ छन् ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १ : २४ बजे

विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रालिले रक्तदान

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल कुन अदृष्य शक्तिले चल्न दिएन ? : निजी क्षेत्र

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि

चैत्र शुक्ल एकादशी : कामदा एकादशी व्रत गरिँदै

काठमाडौं । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल