२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

केएल दुगड ग्रुपका अध्यक्ष किसनलाल दुगड नेपालकै जेठो नेपाल बैंक लिमिटेडबाट सम्मानीत



काठमाडौं । केएल दुगड ग्रुपका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंक लिमिटेडले आफ्नो ८६ औ वार्षिक उत्सवको अवसरमा सम्मान गरेको छ । बैंकको स्थापना कालदेखि नै बैंकको असली साझेदार बनेर योगदान पु¥याएको भन्दै बैंकले अध्यक्ष दुगडलाई सम्मान गरेको हो ।

बैंकको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष दुगडलाई सम्मान गरेका थिए । बैंकले प्रदान गरेको सम्मान पत्रमा बैंकको स्थापनाकाल देखि बैंकको साभेदार र ग्राहक बनेर बैंकलाई अनवरत सेवा प्रदान गर्ने अवसर प्रदान गरिएको उल्लेख छ ।

सम्मानपत्रमा मुलुकको आर्थिक कारोबारलाई प्रवद्र्धन गर्दै रोजगारी सृजना गर्ने, उत्पादन क्षेत्रमा लगानी गरि निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपुर्ति प्रणालीलाई सहजिकरण गर्ने, आर्थिक गतिबिधिलाई सुचारु गर्दै उद्यमशिलताको श्रीबृद्धि गर्ने कार्यमा दुगड ग्रुपले योगदान दिएको लेखिएको छ ।

सम्मानपत्रमा दुगड ग्रुपलाई नेपाल बैंकले सम्मानीत, मर्यादित र नियमित सहयात्रीकारुपमा सधैं स्मरण गर्ने पनि उल्लेख गरिएको छ ।

केएल दुगड ग्रुपले नेपालमा उपभोक्ताहरुको रोजाईलाई मध्यनजर राख्दै बिभिन्न खाद्य उत्पादनहरु गर्दै आएको छ । केएल दुगड ग्रुपको धारा तेल र ज्ञान ब्राण्ड नेपालमा सर्वाधिक विक्रि हुने उत्पादन हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ६ : ३२ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट