बुटवल । नेपाली लोकतन्त्रको आन्दोलनको इतिहासमा एउटा अग्रणी व्यक्तित्वको नाम हो बालकृष्ण खाँण । पञ्चायती निरंकुश व्यवस्थाका विरुद्ध जोखिमपूर्ण आन्दोलनबाट राजनीतिमा होमिएका खाँण अनवरत लोकतन्त्र र स्वतन्त्रताकालागि अहिले पनि लडिरहेका छन् । विद्यार्थी जीवनबाट शुरु भएको खाँणको राजनीतिक यात्रा अहिले पनि रोकिएको छैन ।
२०३७ सालमा नेपाल विद्यार्थी संघ रुपन्देहीको सभापति हुँदै राजनीतिमा लागेका कांग्रेस नेता बालकृष्ण खाँणले २०४६ सालको बहुुदल ल्याउन आन्दोलन होस् वा २०६२/६३ को गणतन्त्र सहितको लोकतन्त्रका लागि भएको आन्दोलनमा खाँण अग्र भागमा रहेर आन्दोलन हाँकिरहेका छन् । आन्दोलनकै क्रममा उनले उतारचढाव र जेलनेल पनि भोग्दै आएका छन् ।
२०३४/३५ बाट नेबिसंघको मार्फत राजनीतिमा प्रवेश गरेका उनी २०३९ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भए । त्यसपछि क्रमशः त्रिभुुवन विश्व विद्यालयको स्वतन्त्र विद्यार्थी युनियननको उपसभापति हुँदै सभापति र २०४१ सालका नेपाल विद्यार्थी नेविसंघको केन्द्रीय सभापति भए ।
व्यवस्थाको विरोध गर्दै आएका खाँणलाई पञ्चायतले पटक पटक वारेन्ट र हिरासतमा राखेपनि राजनीतिमा दिनहुुँ सिँढी चढ्दै गएका छन् । खाँणले २०४८ मा संसदीय राजनीतिमा छिर्ने अवसर पाएका थिए । उनी त्यसबेला तत्कालीन रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । त्यसपछि उनी दुुई कार्यकाल नेपाल तरुणदलको सभापति भए । तरुणदलको सभापति हुँदा नै २०५४ को निर्वाचनमा आफू नलडी देशभर चुनावी कमाण्ड सम्हालेका खाँण २०५६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भए ।
विगत २१ वर्षदेखि कांग्रेसको केन्द्रीय समितिमा रहेका खाँण तीनपटक प्रत्यक्ष चुनाव लड्दै निर्वाचित भएका छन् । उनीसंग शिक्षा तथा खेलकुद, सिंचाइ, रक्षा हुँदै अहिले गृहमन्त्री भएर राज्य संचालनको अनुभव प्राप्त गरेका छन् ।
२०३६/०३७ देखि ०४६ सालसम्म प्रजातन्त्र पुुनस्र्थापनाका लागि बिभीन्न जिल्लामा विद्यार्थीहरुको नेतृत्व गर्दै आन्दोलनमा होमिने क्रममा उनी कयौंपटक जेल परेका थिए । २०४२ मा कांग्रेसको आह्वानमा भएको सत्याग्रह होस्, चाहे ०६१ म तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्दा होस्, २०६२/०६३ जनआन्दोलनमा पनि उनी अग्रपंक्तिमा उभिए । खरो स्वभावका उनी पञ्च्यात र निरंकुशताविरुद्ध अनवरत डटेर लागे ।
पञ्चायत ढाल्दा होस् या निरंकुश राजा फाल्दा खाँणले मुलुकले सुन्ने, जनताले चिन्ने गरी राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा भाषण गरे । आन्दोलनका बेला चर्को र तिखो भाषण गर्ने पहिचान बनाएका खाँण अहिले भने शान्त र तार्किक शब्द मात्र प्रयोग गरेर भाषण गर्छन् । पञ्चायतले पालेको मण्डलेहरुका विरुद्ध मुकाबला गर्नु पर्दा कडा बन्नुको बिकल्प नरहेका कारण त्यतिबेला चर्को भाषणको आवश्यकता पर्ने गरेको खाँण बताउँछन् । अचेल उनको भाषणमा विपक्षि प्रति प्रहार भन्दा विकास र समृद्धिमा जनतालाई जोड्ने र अनुभूत गराउने काममा केन्द्रीत हुने गरेका छन् ।
हरेक चुुनौतीको समाना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्ने उनीमा विशिष्ट खालको क्षमता पनि छ । त्यही क्षमताका कारण उनी केन्द्रीय राजनीतिमा जहिल्यै पनि आफ्नो दरिलो उपस्थिति जनाउँदै आएका छन् । राज्य सत्ताको जिम्मेवारी पाउँदा पनि उनले विवादरहित रुपमा काम गरेका छन् ।
विकासलाई प्राथमिकतामा राखेका खाँणले आफ्नो गृहजिल्ला रुपन्देहीमा कयौं योजना ल्याएका छन् । जिल्लाको समग्र विकासको क्रममा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सिंचाइ जस्ता क्षेत्रमा उल्लेख्य योजना पारेर उनले विकासप्रेमी नेताको छवी बनाएका छन् । देवदह-मणिग्राम-लुम्बिनि-तिलौराकोट-गोरुसिंगे, बेलवास-बेथरी, तामनगर-फर्सटिकट हुँदै बेथरी- मर्चवार सडक, भैरहवादेखि नवलपरासीको भूमही, केदली-सिसुवा, मुर्गिया-सूर्यपूरा, देवदह-मणिग्राम-फर्साटिकर-सूर्यपुरा-लुम्बिनी, छपिया-बेथरी सडक निर्माण एवम् स्तरोन्नति पनि खाँणकै पहलमा सम्भव भएको खाँणको दाबी छ । खाँणका अनुसार उनले सघंसस्था, मठमन्दिर, मस्जित निमार्णमा उनले थुुप्रै सहयोग पुु¥याएका छन् । सामुदायिक भवनदेखि विद्यालय भवन निमार्णमा पनि उनले उत्तिकै योदगान दिएका छन् ।
विद्यार्थीकालमा सानै उमेरदेखि राजनीतिमा उदाएका गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रावशाली केन्द्रीय सदस्य खाँण भाग्यमानी नेतामध्ये एकमा पर्छन् । जसले निर्वाचनमा अहिलेसम्म पराजय भोग्नुुपरेको छैन । तीनपटक प्रत्यक्ष निर्वाचन लडेका खाँण रुपन्देही-३ बाटै लडेका छन् र सवै निर्वाचनमा विजयी भएका छन् ।
२०४८ सालदेखि रुपन्देही जिल्लाका उम्मेदवार हुँदै आएका खाँणका लागि एउटा अनौठो संयोग हो, निर्वाचन क्षेत्र ३ पर्नुु । निर्वाचन क्षेत्र थपघट हुँदै आएका छन् । तर, खाँणले रुपन्देही-३ छाडेका छैनन् । २०४८ मा पहिलो पटक निर्वाचन लड्दा पनि उनको क्षेत्र रुपन्देही-३ नै थियो । त्यसबेला निर्वाचन क्षेत्रको केन्द्र फरक थियो । त्यतिबेला बुटवल उक्त निर्वाचन क्षेत्रको केन्द्र थियो । २०६४ मा पनि उनको निर्वाचन क्षेत्र रुपन्देही-३ नै थियो । त्यसबेला मुख्य केन्द्र मणिग्राम थियो । २०७० मा पनि उनको निर्वाचन क्षेत्र रुपन्देही-३ नै हो । अहिले चौथो पटक प्रत्यक्ष निर्वाचनमा उठ्दा पनि खाँण रुपन्देही-३ बाटै निर्वाचन लडेका छन् । यसपटक भने सदरमुकाम भैरहवा केन्द्र रहेको छ ।
पछिल्लो समय भैरहवा केन्द्रित बनेर राजनीति गर्ने योजना बनाएका खाँणले सदरमुकाम लक्षित गरेर ठूला विकास योजना ल्याएका छन् । भैरहवालाई देशैभरि चिनिनेगरी विकसित पनि गरेको दाबी गरेका उनले अहिले आफ्नो पहिचान बनाइसकेको भैरहवालाई अन्तर्राष्ट्रिय रुपमा समेत स्थापित गर्ने गरी योजना अगाडि ल्याएका छन् ।
बुुटवल, मणिग्रामसहित भित्री बस्तीलाई समेत गुल्जार पार्दै अहिले भैरहवालाई केन्द्रमा राखेका खाँणले यहाँको विकासका लागि महत्वपूर्ण योजनाको रुपमा ‘सिद्धार्थ चक्रपथ’लाई अगाडि सारेका छन् । व्यवस्थित सहरीकरण र अन्तर्राष्ट्रिय सहरहरु बाहिरी चक्रपथ निमार्णबाटै भएका छन् ।
त्यस्तै सिद्धार्थनगरलाई पनि ब्यबस्थित र अन्तर्राष्ट्रिय सहर बनाउन बाहिरी चक्रपथ निर्माण उनको घोषणापत्रमा परेको छ । ‘जे कुरा संकल्प पत्रमा ल्याएका छौं, त्यो पूरा गरेरै छाड्छौँ,’ मन्त्री खाँण भन्छन्, ‘भैरहवा मात्र होइन रुपन्देहीको समग्र बिकासका लागि हामी प्रतिबद्ध छौं । भोलि कुर्ने होइन्, मुलुक हाम्रै पालामा बनाउने हो ।’
उनले गौतमबुद्ध विमानस्थलाई कार्गो हब बनाउने, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने बताए । बेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार चौकी (आईसीपी)’, विशेष आर्थिक क्षेत्र विद्युतीय सबस्टेसन निर्माण तथा व्यवस्थित सञ्चालनका लागि नीतिगत निर्णय, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गरी त्यहाँ रहेका व्यक्तिहरूलाई सिपमूलक तालिमका साथै ध्यान, योगा, शारीरिक व्यवयाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने योजना पनि उनको प्रतिबद्धता पत्रमा परेका छन् ।
सिद्धार्थ नगरभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्न सकिने किसिमले स्तरोन्नति गर्ने, भीम अस्पतालको स्तर वृद्धि गरी २४ घण्टे प्रयोगशालासहितको सुविधासम्पन्न आइसियू, सिसियू तथा एनआइसीयू सेवा थप गर्ने उनको योजना छ ।
भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाइने तथा कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट संख्या वृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने, डण्डा खोलामा कोरिडोर निर्माण गर्ने, भैरहवामा लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो ‘ अन्न भण्डारण गृह’ निर्माण गर्ने, सिद्धार्थ नगरमा अत्याधुनिक चिस्यान गृह स्थापना गर्नुका साथै लुम्बिनी प्रदेशको भौगोलिक अवस्था र वातावरण सुहाउँदो बिउ-बिजनहरू तयार गर्न अनुसन्धान केन्द्र सञ्चालन गर्न पहल गर्ने योजना बनाएका छन् ।
प्रतिक्रिया