२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रूद्राभिषेक पूजा, आफ्नै जीवनकालमा राजसंस्था स्थापनाको कामना



काठमाडौं । काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज विहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन् ।

धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन् ।

रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो । रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ ।

पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको बताए ।

मिश्रले पछिल्लो समयमा संवैधानिक राजसंस्था, संघीयता खारेजी तथा हिन्दू–वौद्ध राष्ट्रको एजेण्डालाई उठाईरहेका छन् ।

प्रधानमन्त्री रहेका बेला भाकल पुरा गर्न एमाले अध्यक्ष केपी ओलीले पनि सुनको जलहरि चढाउँदै पशुपतिमा विशेष पुजा अर्चना गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  २ : १६ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल