२६ चैत्र २०८१, मंगलबार | April 8, 2025

बुटवलमा नेवाः उम्मेदवारसँग अन्तरक्रिया



बुटवल । रुपन्देहीबाट आगामी निर्वाचनमा उम्मेदबारी दिएका नेवार उम्मेदवारसंग अन्तरक्रिया गरिएको छ ।

श्री नेवाः सेवा समितिले आयोजना गरिको अन्तरक्रियामा उपस्थित नेवा: उम्मेदवारहरुले आफुले जितेमा भाषा, संस्कृति र सम्पदाको संरक्षणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । उनीहरुले संस्कृति बचाउन एकता र गठबन्धन आवश्यक रहेको बताउँदै नयाँ पुस्तामा भाषा र संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं २ (२) का उम्मेदवार भोज प्रसाद श्रेष्ठले नेवारी संस्कार, संस्कृती समग्र नेपालको पहिचान भएको बताए । कमजोर नेवार समुदाय र संस्कृतिलाई बचाउन एकता र गठबन्धन जरुरी रहेको भन्दै उनले सबैको साथ र सहयोगमा विकासको काम अघि बढ्ने बताए । उनले रुपन्देहीको विकासको क्रममा नेवार समुदायको ठुलो योगदान रहेको स्मरण गर्दै अब नया पुस्तामा समुदायको संस्कार संस्कृति लैजानुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार हरिसुन्दर बासीले नेपालको राजनितिमा निर्वाचनलाई जुँगाको लडाईको रुपमा लिनु गलत भएको बताए । कतिपय बहुसंख्यक जातीहरु भएको स्थानमा उनिहरुको भाषालाई प्राथमिकता दिनुपर्ने उनले बताए । नेपाल मजदुर किसान पार्टी सबै जातजातीको भाषा र संस्कृति जगेर्नाको अभियानलाई उठाउदै आएको भन्दै जातिय रुपमा द्वन्द उठाउने काम राजनितिक पार्टीहरुले गरेको आरोप लगाए । सरकारको बजेटमा भएको विकृतिलाई हटाउने आफुहरुको पहिलो प्राथमिकता भएको बताए । मतदान गर्दा ब्यक्तिभन्दा पार्टी महत्वपुर्ण हुने पनि उनले बताए ।

यसैगरि श्री नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हरेक विकासमा योगदान दिएका नेवार समुदायलाई राज्यबाट पछि पारिएको बताए । राजनितिमा नेवार समुदाय अगाडि आउन सकेमात्र भाषा, धर्म, संस्कृतिको संरक्षण र विकास हुने उनले बताए ।

कार्यक्रममा श्री नेवाः पुच नेवा सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठ, श्री नेवा सेवा समितिका बरिष्ठ उपाध्यक्ष बसन्ती श्रेष्ठ, सचिव सारदा श्रेष्ठले यहाँ रहेका नेवार संघसंस्थाहरु एकतावद्ध भएर भाषा, संस्कृति संरक्षण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १६ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल