बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनमा सत्ता गठबन्धनले प्रतिनिधिसभामा १३१ सिट जित्ने दाबी गरेकाछन् ।
नेपाल दलित संघले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले कांग्रेससहितको ५ दलीय गठबन्धनले प्रतिनिधिसभामा प्रत्यक्षमा १३१ सिट जित्ने सुनिश्चित भएको दाबी गरेका हुन् । खाँणले गोप्य अध्ययनका आधारमा यो प्रक्षेपण प्राप्त भएको दाबी गरे । २३ वटा थप क्षेत्रमा उच्च प्रतिस्पर्धा रहेको बताउँदै उनले केही मेहनत गरे जित्न सकिने जिकिर गरे ।
खाँणले एमालेसहितको गठबन्धन जम्मा २१ क्षेत्रमा मात्रै अघि रहेको दाबी गरेको छ । अग्रगमनको पक्षधर पार्टी भएपनि पछिल्लो केही समययता पश्चगमनको नेतृत्व गरेका कारण एमालेलाई घाटा लागेको उनको भनाइ थियो ।
गृहमन्त्री खाँणले अबको ५ वर्ष नागरिकको चाहना र आवश्यकता अनुसारको विकास गरेर देखाउने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया