१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति भण्डारी



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छन् ।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा विशेष सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समानता र न्यायपूर्ण समाजको निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धमा लगानी गरिरहेको जनाइन् ।

महिला नेतृत्वको विश्वव्यापी मञ्चमा आमन्त्रित गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालदेखि आइसल्याण्डसम्मको यात्राले हामीलाई ‘तेस्रो ध्रुव’देखि उत्तरी ध्रुवसम्म जोडेको उल्लेख गरिन् । उनले भगवान् गौतम बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सद्भाव लिएर आएको जनाइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “विश्व महिला राजनीतिक नेतृत्व मञ्चले ‘सञ्चार, सम्बन्ध र समुदाय’को बहुआयामिक प्रयासबाट लैङ्गिक समानताको नयाँ बाटो तय गर्ने लक्ष्य लिएको छ । समानता, आवाज, प्रतिनिधित्व र सहभागिताका लागि हामीले गरेको लामो सङ्घर्षका उपलब्धि एकआपसमा साट्ने उत्सवका रूपमा पनि हामीले यस फोरमलाई लिएका छौँ ।”

विशिष्ट वक्ताका रूपमा सम्बोधन गदैं राष्ट्रपति भण्डारीले आज विश्वले कैयन चुनौती सामना गर्नुपरेका सन्दर्भमा महिलाको दृष्टिकोण निर्णय प्रक्रियाको अग्रपङ्क्तिमा मुखरित हुनु अपरिहार्य बनेको उल्लेख गरिन् ।

कुनै पनि सङ्कटले आमा, पत्नी र छोरीलाई नै सबैभन्दा बढी प्रभावित पार्ने भन्दै उनले दक्षिणका मुलुकको अवस्थाले यसलाई अझ स्पष्ट पारेको जनाइन् । राष्ट्रपति भण्डारीले हालैको विश्वव्यापी कोभिड–१९ महामारीले सीमान्तकृत समुदाय नै सङ्कटको समयमा बढी जोखिममा पर्ने वास्तविकतालाई उजागर गरेको बताइन् ।

उनले भनिन्, “जलवायु परिवर्तनको असर पनि योभन्दा फरक छैन । जलवायु परिवर्तन आज हिाम्रो अस्तित्वलाई नै सङ्कट ल्याउने कारक बन्दै गएको छ ।” राष्ट्रपति भण्डारीले नेपालमा जलवायु परिवर्तनको असर हरेक वर्ष बढ्दो र झन् विनाशकारी हुँदै गएको अनुभव गरेको सुनाइन् ।

उनले जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गइरहेको तथा हिमालयमा सधैँ महिना जमिरहने हिउँ पग्लिरहेका कारण लाखौँ मानिसको जनजीविका जोखिममा परेको उल्लेख गरे । उनो भने “अनपेक्षित मौसमी घटनामा वृद्धि भई अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली तथा मानव जीवनमा गम्भीर क्षति पुगिरहेको छ ।”

सम्मेलनमा राष्ट्रपति भण्डारीले भनिन्, “नेपालमा सङ्घीय तथा प्रादेशिक विधायिकामा महिलाको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गरिएको सुदृढ संवैधानिक आधारशिला रहेको छ ।” हालसालै सम्पन्न स्थानीय सरकारको निर्वाचनमा ४१ प्रतिशत राजनीतिक पदमा महिला निर्वाचित भएको उदाहरण दिनुहँुदै उनले निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थान जस्ता क्षेत्रमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको जानकारी गराए ।

उनले भनिन्, “तथापि राष्ट्रिय जीवनमा पूर्ण लैङ्गिक समानताको लक्ष्य हासिल गर्ने हाम्रो लामो यात्रा अझै जारी छ । सबै प्रकारका लैङ्गिक हिंसा, पूर्वाग्रह, तथा कुरीतिविरुद्धको लडाईं जित्न बाँकी नै रहेको छ । यस अभियानमा हाम्रो प्रतिबद्धता अटल र प्रयास इमान्दार रहेको छ ।”

फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गरिबी, अल्पविकास तथा वञ्चितीकरणका कारण कष्ट झेलिरहेका महिलालाई स्मरण गरिन् । उनले भनिन्, “आफ्नो र आफ्नो सन्ततिको जीवन सुधार गर्न कैयन बिघ्नबाधा तथा अड्चनसँग जुधिरहेका महिलालाई सम्झिरहेको छु ।”

सम्मेलनमा विभिन्न पुस्ताका नेपाली विराङ्गनाको प्रतिनिधित्व गर्न पाउँदा आफूले गौरवान्वित महसुस गरेको उल्लेख गर्दैै उनले महिला र पुरुषबीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौती सामना गर्ने यस सामूहिक अभियानमा सम्मिलित हुन पाउँदा सम्मानित महसुस गरेको जनाइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ९ : २४ बजे

नेपाल संवतको पहिलो दिन तिलोत्तमामा मोटरसाइकल र्याली

बुटवल । नेपाल सम्वत ११४५ को उपलक्ष्यमा रुपन्देहीको तिलोत्तमामा भिन्तुना

कार्तिक शुक्ल प्रतिपदा : गरियो गोवर्धन पूजा

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि,

देउसी भैलोमा मौलिकताको खोजी

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा

तिहार बिदा सकिए लगत्तै रवि लामिछानेलाई रुपन्देही झिकाइने

काठमाडौँ । तिहार सकिए लगत्तै रास्वपा सभापति तथा पूर्व गृहमन्त्री

संयुक्त सरकार बनेपछि पार्टी पंक्ति खुसी : सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त