२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

जोगागाउँ र गुरुवागाउँ मेलामा नेपाली र भारतीयको घुइँचो



राँझा । बाँकेको ऐतिहासिक जोगागाउँ र गुरुवागाउँ मेला भर्न स्थानीयको घुइँचो लागेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्ने गर्दछ ।

मङ्गलबारदेखि सुरु भएको मेला भर्न बाँकेलगायत दाङ, सुर्खेत र भारतको विभिन्न स्थानबाट सर्वसाधारण आउने गरेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकारी दिए ।

अध्यक्ष खाँका अनुसार, जोगागाउँ बाबाकुट्टीमा लाग्ने जोगागाउँ मेलामा राति सांस्कृतिक कार्यक्रमसमेत हुने गर्दछ । पुराना मेलाका रुपमा चिनिएका यी मेला भर्न बाँके, बर्दिया, दाङ, सुर्खेतका विभिन्न स्थानका साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती, खिरी लखिमपुरसम्मबाट मानिस आउने गर्दछन् ।

यो वर्ष विगतको भन्दा धेरै सर्वसाधारण मेला भर्न आएको जानकी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले बताए। उनले मेलालाई शान्त र मर्यादित तरिकाबाट सम्पन्न गराउन ध्यान दिइएको उल्लेख गरे ।

जानकी गाउँपालिका–५ बेलहरीस्थित गुरुवा गाउँ मेलामा पनि सर्वसाधारणको घुइँचो रहेको छ । मेला हेर्न भारतीयहरु पनि ठूलो सङ्ख्यामा आएको वडा नं ५ का अध्यक्ष टीकानाथ यादवलै बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १ : ५१ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको