२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार : प्रवक्ता महत



कञ्चनपुर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् ।

प्रवक्ता डा महतले भने, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ ।”

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो । प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो र नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन् । अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो ।”

प्रवक्ता डा. महतले यो निर्वाचन सबैका लागि कोसेढुङ्गा सावित हुने पनि बताउनुभयो । उनले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिए । उनले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए । “यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ ।”

उनले भने, “हिजो संसद्मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेसबाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ ।” प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताए ।

गठबन्धनका दलको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उनको दाबी थियो ।

रासस

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  १ : ५१ बजे

देश पछाडि फर्किँदैन, अघि बढ्छ : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशी प्रदेश पराजित

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

प्रचण्डलाई उपहार प्राप्त मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्मियो

खजुरा । पशुपालनका माध्यमबाट किसानको जीनस्तर उकास्ने उद्देश्यले सरकारले अघि

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार १५० विद्यार्थी दीक्षित

विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज

निर्वाचन आयोय विरुद्ध रास्वपा सांसद तोसिमा कार्कीले जितिन मुद्दा, सांसद पद सुरक्षित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीको उम्मेद्‌वारी