२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

आजबाट ‘महापुरुष’ प्रदर्शनमा



काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महापुरुष’ प्रदर्शनमा आएको छ । तिहार सकिएको भोलिपल्टबाट चलचित्र प्रदर्शनमा आएको हो ।

चलचित्रले मल्टिप्लेक्समा राम्रो शो पाएको छ । देशकै ठूलो मिल्टिप्लेक्स क्यूएफएक्स चेनलगायत अन्य मिल्टप्लेक्समा पनि ‘महापुरुष’लाई उच्च शो प्रदान गरिएको छ ।

प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्र ‘महापुरुष’मा हरिवंश आचार्य र गौरी मल्ल मुख्य भूमिकामा छन् । हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री, अञ्जना बराइली, रबिन्द्र सिंह बाँनिया, राजाराम पौडेललगायत कलाकार मुख्य भूमिकामा छन् ।

उच्च शो पाएको चलचित्र ‘महापुरुष’ले राम्रो व्यापार गर्ने अपेक्षा धेरैको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको चलचित्र काठमाडौंसँगै चितवन र इटहरीमा पनि प्रिमियर गरिएको थियो । फेमेली कमेडी ड्रामा भएकाले पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष विश्वस्त छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : २८ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको