२९ मंसिर २०८२, सोमबार | December 15, 2025

काभ्रेमा ५ ‘टुरिस्ट’ उम्मेदवार



काभ्रे । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा काभ्रे जिल्लाका पाँच उम्मेदवार आफूले आफैंलाई मतदान गर्नबाट बञ्चित भएका छन । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले अर्को निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई मतदान गर्नुपर्ने भएपछि उनीहरुलाई ‘टुरिस्ट’ नेता भन्न थालेका छन ।

प्रतिनधि सभा सदस्यमा उम्मेदवार भएका नेपाली काँग्रेसका शिवप्रसाद हुमागाई, प्रदेश सभा सदस्यका उम्मेदवार बनेका नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका तीर्थ लामा, नेमकिपाका कृष्णबहादुर तामाङ, पुर्ण सिं तामाङ र स्वतन्त्र उम्मेदवार रुकमणी श्रेष्ठले आफुले आफैलाई मत दिन नपाउने भएका छन ।

तीर्थ लामाको प्रतिनिधि सभा १ को १ का मतदाता हुन । उनले १ को २ बाट उम्मेदवारी दिएका छन । त्यस्तै शिवप्रसाद हुमागाई प्रतिनिधि सभा १ का मतदाता हुन । उनि प्रतिनिभा २ का उम्मेदवार हुन ।

त्यस्तै नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ का मतदाता हुन । उनी प्रतिनिधि सभा १ को २ बाट उम्मेदवार बनेका छन । नेमिकपाकै पूर्ण सिं तामाङ पनि प्रतिनिधि सभा क्षेत्र नम्वर २ का मतदाता हुन । उनि पनि प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेका छन ।

काठमाडौ महानगरपालिका १० घर भएकी रुकमणी श्रेष्ठ स्वतन्त्र उम्मेदवार हुन । उनि काभ्रेको प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेकी छिन । आफै उम्मेदवार आफैलाई मतदान गर्न नपाउने भाग्यमानी ५ उम्मेदवारलाई अरु मतदाताले के गर्ने हुन ? मसिर ४ कुर्नु पर्नेछ । आजको राजधानी दैनिकमा सुरज श्रेष्ठले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ०१ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको