२९ चैत्र २०८१, शुक्रबार | April 12, 2025

पर्यटकीय तथा धार्मिक आकर्षणको केन्द्र बन्दै कुशेमुसे



सुर्खेत । देशका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा जाजरकोटको कुशे पनि समेटिएको छ । पर्यटकीय गन्तव्यमा समेटिएसँगै पूर्वाधारका काम सुरु हुन थालेका छन् ।

कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुराको अवलोकनका साथै रारा र शोक्सुण्डोसम्मको रुट कार्यक्रम हुने भएपछि यहाँका स्थानीयबासी खुसी भएका छन् । कुशेपाटन तथा हिमालमा जानका लागि चार ठाउँबाट पदमार्ग निर्माणको काम सुरु गर्न थालिएको छ ।

उत्तर पूर्वको कुशे र बारेकोटबाट, पश्चिमको जुनिचाँदे, टिकाचौरबाट पदमार्ग निर्माणका लागि पहल सुरु भएको छ । त्यस्तै पाटन तथा हिमालको माथिल्लो भागमा यात्रा गर्नका लागि अर्को पदमार्ग निर्माणको गुरु योजना रहेको छ ।

हाइअल्टिच्युटमा विभिन्न गतिविधि गर्नका लागि त्यहाँ पद मार्ग निर्माण गर्न लागिएको छ । जैविक विविधताको अवलोकनदेखि दृश्य अवलोकन, विभिन्न खेल खेल्नका लागि हाइअल्टिच्युटमै सडक निर्माणको कामलाई पनि बढी प्राथमिकता दिएर काम हुने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

विभिन्न विषयमा अध्ययन गर्ने अध्ययताका लागि वातावरण अनुकूलको व्यवस्थापन गर्न होटेल व्यवस्थापनदेखि विभिन्न अनुकूलताका कामसमेत एकै साथ सुरु हुने उनले बताए । कुशे चाखुरेबाट फोक्सुण्डो जाने पदमार्गका साथै चौधारीबाट रारा जोड्ने अर्को पदमार्गको लागि आवश्यक बजेटका साथै कार्ययोजना निर्माण भएको छ । कुशेमुसे पाटनमा तथा हिमालमा ३४ वटा चर्चित पाटन तथा तालतलैया रहेको कुशे गाउँपालिका वेबसाइटमा समेत जानकारी रहेको छ ।

यही पाटनको बीचबाट जुम्ला जोड्नका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययन कार्य जारी छ । शे फोक्सुण्डोदेखि रारासँग जोडिएको यो उच्च भाग पश्चिम नेपालको सबै ठाउँमा देख्न सकिने उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने कुरामा सरोकारवाला निकाय सहमत भएका छन् । यही हिमालबाट पग्लिएको हिउँबाट नलगाड नदी बग्ने गर्दछ ।

नलगाड नदीको सफा कञ्चन पानीबाट निर्माण हुन लागेको जलाशय युक्त नलगाड जलविद्युत् आयोजनाको ड्यामसमेत यहाँको उत्कृष्ट पर्यटन प्रवर्धनका लागि उपयुक्त स्थल बन्ने भएको छ । त्यस्तै भेरी नदीमा जलयात्रासमेत चर्चित रहँदै आएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ५ : ५० बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको