२९ मंसिर २०८२, सोमबार | December 16, 2025

निर्वाचन आयोगको ‘प्रेस अफिस’ संचालनमा



काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बहादुर भवनस्थित कार्यालयमा प्रेस अफिस स्थापना गरी आजदेखि सञ्चालनमा ल्याएको छ ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज सो कार्यालयको शुभारम्भ गर्दै आयोगका गतिविधि तथा सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउँदै सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले भने, “निर्वाचनसँग मिडियाले सम्बन्धित खोज्ने सूचना एकद्वार प्रणालीबाट प्रभावकारी ढङ्गले प्रवाह गर्न प्रेस अफिस सञ्चालनमा ल्याइएको हो । यसका अलवा प्रेस अफिबाट आम नागरिकले बुझ्ने सरल भाषामा मतदाता शिक्षाका सामग्री पनि उत्पादन गरी सम्प्रेषण हुनेछन् ।”

थपलियाले थप प्रष्ट पार्दै भने, “प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यममाथि पूर्ववतरुपमा गर्दै आएको सञ्चारमाध्यमको अनुगमन यथावत् गर्नेमा आयोग स्पष्ट छ । सामाजिक सञ्जालबाट हुन सक्ने दुष्प्रचार, भ्रामक सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई नियन्त्रण गर्न तथा निर्वाचनका समयमा साइबर सुरक्षाको चुनौती कम गर्न नेपाल सरकारका सम्बन्धित निकायले गरी आएको कामलाई निर्वाचनका समयमा प्रभावकारी बनाउन आयोगको प्रेस अफिसमा सम्पर्क व्यक्तिका रुपमा ती निकायबाट प्रतिनिधि राखिएको हो ।”

 

सम्बन्धित खबर : निर्वाचन आयोगको ‘प्रेस अफिस’प्रति पत्रकार महासंघको गम्भीर आपत्ति, निर्णय नसच्चाए अवज्ञा

 

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देश आम मतदाता, उम्मेदवार, राजनीतिक दललगायतका सरोकारवालासमक्ष प्रभावकारी तवरले सम्प्रेषण र सञ्चारमाध्यमसँग उचित सहकार्य गर्नर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको उपयोग गरी आयोगका गतिविधि अझ प्रभावकारीरुपमा सम्प्रेषण गर्न एवं तिनको अनुगमन व्यवस्थित गर्न भन्दै यो कार्यालय खडा गरेको हो । आयोगले २०७९ भदौ १९ गते स्वीकृत गरेको प्रेस अफिस स्थापना तथा सञ्चालनसम्बन्धी अवधाराणापत्रबमोजिम यो संयन्त्र स्थापना भएको हो ।

यस कार्यालयबाट सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सूचना प्रवाहका लागि एकद्वार प्रणाली लागू भई आयोगले प्रवाह गर्ने हरेक प्रकारका सूचना तथा सन्देश प्रभावकारी तवरले लक्षित वर्गसम्म प्रवाह हुनेछ । यस कार्यालयबाट सञ्चारमाध्यमले मागेको वा खोजेको बखत आयोगबाट प्रवाह गर्न मिल्ने सूचना सहजै उपलब्ध गराइनेछ । निर्वाचन प्रक्रियामा सामाजिक सञ्जालको उपयोगमा वृद्धि र आयोगका सामाजिक सञ्जालको पहुँच बढ्ने, निर्वाचनमा मतदाताको सहभागिता अभिवृद्धि हुने, निर्वाचन र मतदानका बारेमा निर्वाचनका सरोकारवालालगायत आम मतदाता सुसूचित हुने आयोगको अपेक्षा रहेको छ ।

निर्वाचनसँग सम्बन्धित दुष्प्रचार, मिथ्या सूचना र घृणाष्पद अभिव्यक्तिको रोकथाम गर्न, निर्वाचनमा हुने बदर मत गत निर्वाचनको तुलनामा कम गर्न यस कार्यालयले भूमिका निर्वाह गर्नेछ । साथै निर्वाचन प्रचारप्रसारमा आमसञ्चार क्षेत्र र सामाजिक सञ्जालसँग साझेदारी तथा सहकार्य अभिवृद्धि हुने आयोगले जनाएको छ ।

प्रेस कार्यालयले सामाजिक सञ्जाल तथा डिजिटल मिडियामा भ्रमपूर्ण, अफवाहपूर्ण तथा मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति र सूचना तोडमोड गर्ने व्यक्तिलाई त्यस्तो सामग्री, सूचना सामाजिक सञ्जालबाट तत्काल हटाउन लगाउने, त्यस्तो व्यक्तिलाई कानूनबमोजिम तत्काल कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाउने र यसरी कारवाही गर्ने सम्बन्धमा कुनै जटिलता देखिएमा निर्देशक समितिसमक्ष रायसहित पेस गर्ने प्रबन्ध गरिएको छ ।

आयोगले सञ्चारमाध्यममाथि अनुगमन र कारबाही प्रेस काउन्सिलल नेपालले गर्ने भएकाले आयोगले सञ्चारमाध्यममाथि कुनै कारबाही गर्ने तयारी नगरेको स्पष्ट गर्दै सञ्चारमाध्यमले निर्वाचनका समयमा स्वनियमनको नीति कार्यान्वयन गरी निर्वाचन आचारसंहिताको पालनामा सघाउन आग्रह पनि गरेको छ ।

आयोगको प्रेस कार्यालयप्रति भने नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : १६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको