१२ पुस २०८१, शुक्रबार | December 27, 2024

साइपालका च्याङ्ग्रा पोखरामा : ‘ पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन’



महेन्द्रनगर/चैनपुर । आइतबार राति बझाङको साइपालबाट भेटा-च्याङ्ग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए ।

साइपाल हिमालको फेदबाट एक सय ७० च्याङ्ग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका-१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा हरेक वर्ष यही व्यापारमा निस्कने गर्छन । तीन-चार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौं-पोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने गरेको बताए ।

“बाटो-बाटोमा वनपखेरामा च्याङ्ग्रा चराउँदै आउनुपर्छ ।” उनले भने, “सुदूरपश्चिम बाहिर यसरी बिक्री वितरणका लागि जान थालेको आठ वर्ष भइसक्यो ।” उहाँले पोखरालगायतका क्षेत्रमा च्याङ्ग्राको मागअनुसार साइपालको व्यापार पोखरासित जोडिएको बताए ।

“एक लटमा रु ५०-६० लाखसम्मको कारोबार पनि हुन्छ ।” उनले भने, “दुखः गरेअनुसार पारिश्रमिक आइहाल्छ ।” उनले च्याङ्ग्रा ढुवानीका क्रममा पालिकादेखि चराउँदा सामुदायिक वन हुँदै विभिन्न ठाउँका कर तिनुपर्ने बाध्यता रहेको सुनाए । उनले हिमाली भेगमा दुःख गरेर लामो समयदेखि च्याङ्ग्रा पालनमा पशुपालक किसान सक्रिय रहे पनि आफूहरुलाई कुनैखालको सहयोग-अनुदान नरहेको दुखेसो पोखे ।

“थोरै मात्रै मेरो घरको भए पनि अरु सबै गाउँबाट खरिद गरेर बिक्रीका लागि च्याङ्ग्रा पोखरा लग्दैछु ।” उनले भने, “साइपालको फेदबाट पोखरा पुग्दासम्मको दुःख भनेर सम्भव छैन ।” उनले गरी खाने किसानलाई सरकारले सहुलियतलगायत व्यावसायिक सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी बोहरासँगै ट्रक भाडामा लिएर भेडा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका-१ कै किन्थे बोहराले गाउँमा थोरै सङ्ख्यामा किसान भेडा-च्याङ्ग्रा पालनमा रहेको बताए । “समयमा पु¥याउन सके राम्रै खपत हुन्छ ।” छपन्न भेडा लिएर पोखरा हिँडेका उनले भने, “हामीअघि दुई-चार खेप च्याङ्ग्रा साइपालबाट पोखरा पुगिसक्यो ।”

त्यस्तै साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीलाई दशैँमा भेडा च्याङ्ग्राको व्यापार गर्न थालेको वर्षौं भइसक्यो । बझाङ तथा दार्चुलाका भेडा च्याङ्ग्रा खरिद गरेर पोखरा, काठमाडौँलगायतका बजारमा बिक्री गर्नु उनको मौसमी व्यापार हो । हिमाली च्याङ्ग्रा भित्रिसकेपछि दसैँको चहलपहल सुरू हुने पोखरा अहिले च्याङ्ग्रामयजस्तै भएको छ । पोखरेलीको भान्सामा हरेक वर्ष पाक्ने च्याङ्ग्रा अहिले खरिद बिक्री भइरहेका छन् ।

पूर्वअध्यक्ष धामीसहितको टोलीले मात्रै करिब चार सयको हाराहारीमा भेडा-च्याङ्ग्रा पोखरा पु¥याइसकेका छन् । उनको जस्तै अन्य टोलीले पोखरामा ११ ट्रक भेडा च्याङ्ग्रा बिक्रीका ओसारिसकेका छन् । “दशैँको घटस्थापनादेखि फूलपाती भित्र्याउनसम्म भेडा च्याङ्ग्रा बिक्री हुन्छ”, पूर्वअध्यक्ष धामीले भने, “बिक्रीका लागि धेरै ठाउँबाट खरिद गरेर ल्याएका हुन्छौँ ।” फूलपातीसम्म पनि बिक्री भएन भने ठूलो घाटा हुन्छ उनले भने ।

उनका अनुसार साइपालमा एउटा भेडा च्याङ्ग्राको मूल्य रु २० देखि २५ हजार पर्छ । “साइपालमा रु २०-२५ हजार पर्ने च्याङ्ग्रा पोखरामा रु ४०-४५ हजार पर्छ”, उनले भने, “बिक्री भए मेहेनत गरेअनुसार खर्च चल्थ्यो तर गत वर्षजस्तै भए निकै घाटा हुन्छ ।” गत वर्ष उनको टोलीले पोखरा बेच्न लिएका भेडा बिक्री नभएपछि निकै घाटा भएको उनले सुनाए ।

गत वर्ष महँगो भयो भनेर गलत प्रचार भएपछि ठूलो नोक्सान बेहोरेका धामीले पछि गएर किनेकै मूल्यमा पनि च्याङ्ग्रा बिक्री नभएको बताए । अहिले धामीको टोलीले दार्चुलाबाट दुई सय २९ र बझाङबाट एक सय ६० भेडा-च्याङ्ग्रा खरिद गरेर बिक्रीका लागि पोखरा पुगेका छन् । बझाङबाट मात्रै गत हप्ता ११ ट्रक भेडा-च्याङ्ग्रा पोखरा पुगाएका छन् ।

त्यसैगरी साइपाल गाउँपालिकाकै बमबहादुर बोहरा पनि च्याङ्ग्रा लिएर पोखरा पुगेको बताउँदै उनले बिक्री सुरु गरेको जानकारी दिए । “हिजो १६ च्याङ्ग्रा बिक्री गरेँ ।” उनले भने, “यस पटक दुई ट्रकमा च्याङ्ग्रा लिएर पोखरा पुगेको छु ।”

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ९ : २७ बजे

तिलावे पुल मर्मतसम्भारको माग

वीरगञ्ज । पर्साका ग्रामीण भेगलाई जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई

हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र

बनियानी । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक

ट्रेड युनियनलाई प्रतिबन्ध लगाउनुपर्नेमा राजनीतिक दलहरू एकमत

स्थायी सरकार मानिने निजामती कर्मचारीतन्त्रमा राजनीतिक दलपिच्छेका ट्रेड युनियनलाई प्रतिबन्ध

रुख कटानको अनुमतिसँगै सदरमुकाम निर्माणको बाटो खुल्यो

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नवलपुरको नमूना सदरमुकाम निर्माणको बाटो

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर बिहिबार