८ आश्विन २०८१, मंगलबार | September 24, 2024

लुम्बिनीमा पर्यटकीय क्षेत्र सुधारका लागि व्यवसायीले दिए नगरपालिकालाई अल्टिमेटम



भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन् । उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका छन् ।

नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाँउ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीहरुले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन् ।

लुम्बिनी होटल तथा पर्यटन व्यवसायीहरुको संस्था लुम्बिनी होटल संघ नेपाल लुम्बिनी र स्थानीय पर्यटन व्यवसायीहरुले १५ दिनमा देखिने गरी पर्यटकीय सुधार गर्न नगरपालिका प्रमुख सजरुद्दीन मुसलमानलाई ध्यानाकर्षण गराएको हो ।

विश्वको ध्यान क्षेत्र रहेको लुम्बिनीमा वर्षिक लाखौ पर्यटक आउने भएपनि यस क्षेत्रमा थुप्रै समस्याहरु पर्यटकले भोग्नु परेको, सरकारले रात्रीकालिन बजारको अवधारणा ल्याउदा सार्वजनिक ठाउ र सडक बत्ती नबलेर अन्धकार, सडक र विकास कोष वरपर यत्र तत्र फाहोरको डंगुर र सडकमा छाडा चौपायाले सौन्दर्यता मात्रै होइन, सडक दुर्घटना पनि बढाएको व्यवसायीहरुको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

‘हामी विश्व पर्यटन दिवस मनाउने तयारीमा पर्यटकलाई स्वागत गर्न आत्तुर छौ तर स्थानीय सरकारले सामान्य पूर्वाधार पनि दुरुस्त गर्न सक्दैन ।’ लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भने, -‘कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसाय विस्तारै जुरमुराउन थालेको छ । सबैभन्दा प्रभावित क्षेत्र पर्यटन पहिलेकै अवस्थामा फर्कन अझैं लामो समय लाग्छ । केही मात्रमा आएका पर्यटकलाई पनि हामीले घुम्ने वातावरण बनाउनु जरुरी रहेको छ ।’

प्रचार प्रसारको माध्यमबाट पर्यटन आगमनलाई सहज बनाउदै सरकारबाट हुनुपर्ने कतिपय सुधारका काम निजी क्षेत्रले गरिरहेको पनि उनले बताए । लुम्बिनीबारे सन्देश गलत नजाओस भन्ने उद्देश्यले व्यवसायीहरुले स्थानीय सरकारलाई १५ दिन भित्र वतावरणीय पक्ष सरसफाई र उज्यालो लुम्बिनी गर्न आग्रह गरेको ज्ञवालीले बताए ।

अन्य पालिकामा निर्वाचित भएको १०० दिनमा आफूहरुले गरेका कामको उत्साहपूर्ण र आशलाग्दो विवरण सार्वजनिक गरेपनि लुम्बिनी साँस्कृतिक नगरपालिका भने मेयर र उपमेयरको झगडामा समय गुजारिरहेको व्यवसायीहरुको आरोप छ ।

‘लुम्वीनी सांस्कृतिक नगरपालीका क्षेत्रको केन्द्र विन्दु र सबैभन्दा महत्वपूर्ण ठाउँ भगवान बुद्धको जन्मथलो रहेको इलाका आज फोहोरको थुप्रो माथि देखिन्छ पर्साचोक देखि लंकापुर सम्ममा लाखौं रुपियाँ खर्च गरी गाडिएका बिजुलीका पोलहरु छन् तर त्यो क्षेत्र अन्धकारमा छ,’ व्यवसायीहरुले नगरपालिकालाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  १० : २८ बजे

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

काठमाडौं । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ

विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं

परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता

वासिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन

धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति

म्याग्दी । यस वर्षको शरद्याममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि

गुल्मीको निहुरो बुटवलदेखि काठमाडौंसम्म

गुल्मी । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर