३० चैत्र २०८१, शनिबार | April 12, 2025

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता : बाँके र दाङलाई फुटबलको उपाधि



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत फुटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बाके र महिलातर्फको उपाधि दाङले हात पारेको छ ।

पुरुष-महिला दुबै फाईनल खेलमा बर्दिया जिल्लालाई पराजित गर्दै बाके र दाङ जिल्ला विजेता बनेको हो ।

देबिनगरस्थित एन्फा एकेडेमी खेलमैदानमा मंगलबार भएको फाईनल खेलमा पुरुषतर्फ बाँकेले बर्दियालाई ट्राईबेकरमा ५-४ गोल अन्तरले जित निकाल्यो ।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । यसैगरि महिलातर्फको फाईनल खेलमा दाङ र बर्दिया बिच निर्धारित समयमा समान १-१ गोलको बराबरी भएपनि ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा ५-४ गोल अन्तरले दाङ विजयी भएको हो ।

एक समारोहक बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, प्रशिक्षक संघका उपाध्यक्ष याम गुरुङले विजयी खेलाडीहरुलाई कप, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : २७ बजे

आजको मौसम : यी तीन प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो