२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट विभूषित



काठमाडौं। नेपालमा कृषिजन्य खाद्य सामाग्रीका प्रवर्द्धक तथा उत्पादक केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुदकुमार दुगड राष्ट्रपतिबाट प्रदान गरिने ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका छन्।

देशको आर्थिक, सामाजिक तथा कृषिको प्रवद्र्धन गर्दै मुलुकको समग्र औद्योगिक एवं व्यवसायिक क्षेत्रको विकासमा पुर्‍याउँदै आएको उनको योगदानको कदर गर्दै संविधान दिवसको अवसर पारेर उनलाई ‘प्रबल जनसेवाश्री’ पदकबाट विभुषित भएका हुन् ।

दुगड ग्रुपको अग्रसरतामा कृषिलाई औद्योगीकरण र व्यवसायीकरण गर्ने तथा कृषकहरुलाई अभिप्रेरित गर्दै कृषिजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गराउने कार्य हुँदै आएको छ । विशेषगरि कृषिसँग जोडिएका खाद्य उत्पादनमा नेपाली बजार सहित विश्वका धेरै मुलुकहरुमा दुगड ग्रुपको उत्पादनहरु निर्यात हुँदै आएको छ । चामल, तेल सहित भान्छामा प्रयोग हुने अधिकांस खाद्य उत्पादनहरु सहित अगरबत्ती, सिमेण्ट र हाईड्रो जस्ता क्षेत्रमा पनि दुगड ग्रुपको सफल लगानी रहँदै आएको छ ।

तराईका धेरै क्षेत्रमा धान, गहुँ, मकै जस्ता नेपाली कृषि उत्पादनको बजारिकरण र ब्राण्डिङमा समेत सो ग्रुपको योगदान रहँदै आएको छ । विशेष गरि धारा ब्राण्ड र ज्ञान फुडका नामबाट उत्पादीत केएल दुगड ग्रुपका उत्पादनहरु नेपाली उपभोक्ताहरुका माझ लोकप्रिय ब्राण्ड हुन् ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ०२ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट