३० चैत्र २०८१, शनिबार | April 12, 2025

स्कलर्समा अभिभावक अन्तरक्रिया



बुटवल । स्कलर्स होम बोर्डिङ स्कुलले अभिभावक अन्तरक्रिया सम्पन्न गरेको छ ।

शनिबार बुटवलमा एक कार्यक्रमका बिच कार्यक्रमको अभिभावक संघ रुपन्देही जिल्लाका अध्यक्ष लोकनाथ ज्ञवालीले बच्चाहरुको पहिलो पाठशाला घर र पहिलो शिक्षक आमा भएको दाबी गर्दै जग बलियो बनाउन आमाको भुमिका धेरै रहने बताए । बच्चाहरुको मनोभावना बुझेर अघि बढ्नुपर्ने जोडदिदै उनले शहरी ब्यस्तताका कारण पनि अभिभावक र बच्चाहरुमा दुरी बढ्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम बन्जाडेले असल विद्यार्थी उत्पादन गर्न अभिभावकको भुमिकालाई ध्यान दिएर विद्यालयमा वर्षभरि नै रचनात्मक कार्यक्रमहरु राखिदै आएको बताए । विद्यार्थीहरुलाई दैनिक डायरी ब्यवस्थापन गरि शैक्षिक, ब्यहारिक ज्ञान सिकाईमा मद्दत मिलेको उनले बताए । विद्यालयमा शिक्षकसंगै घरमा अभिभावकहरुबाट समय ब्यवस्थापन गर्न सकेमात्र बालबालिकाको क्षमता विकास हुने उनले दाबी गरे ।

कस्मिक वर्ड नेपालका संचालक तथा जीवन खोजका प्रशिक्षक, लेखक डिआर पराजुली (म्यागनेट) ले अभिभावक सचेतना कार्यक्रमलाई सहजिकरण गर्दै हरेक अभिभावकमा नेतृत्व र बकतृत्व कला विकास गर्न जरुरी रहेको बताए । सफल अभिभावक बन्न सरल उपायलाई अप्नाउनुपर्नेमा जोड दिदै उनले हाम्रो धर्मसंस्कृतिमा यसको धेरै वर्णन रहेको दाबी गरे ।

आधुनिक प्रविधिको युगमा बालबालिकाहरुलाई टेलिभिजन, मोबाइल जस्ता ग्याजेटको प्रयोग बन्द गर्नेभन्दा पनि यसप्रतिको मोह घटाउनुपर्ने सुझाव दिए । उनले बालबालिकाहरुको जिद्दीपनको कारण खोजेर सिकाउनुपर्ने सुझाव दिदै व्यवहार परिवर्तन गर्न सकारात्मक हुन जरुरी रहने बताए । सोच र व्यवहार फरक हुनसक्ने तर्क गर्दै सोच परिवर्तन नभई ब्यवहार पनि परिवर्तन नहुने दाबी गरे ।

कार्यक्रममा बुटवल वडा नं ९ का वडासदस्य भरत पुरी, विद्यालयका उपप्राचार्य टिकाराम गौतम, प्रशासकिय अधिकृत लोकप्रसाद भण्डारीले मानिसमा सिकाईको चाहना सधैभरि हुनुपर्ने बताए । सुधारको अभियान आफैबाट चलाउनुपर्ने सुझाव दिनुपर्ने उनिहरुले बताए । कार्यक्रममा करीब ४ सय अभिभावकहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ५ : ३१ बजे

चैत्र शुक्ल पूर्णिमा : हनुमानको जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको

काठमाडौं उपत्यकामा बिहानदेखि हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान हावाहुरीसहित वर्षा भएको छ