८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ ।

साउन महिनामा संघीय सरकारको कुल राजस्व ७९ अर्ब ७२ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७० अर्ब ६४ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ९ अर्ब ८ करोड परिचालन भएको छ ।

२०७९ साउन मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब ९४ अर्ब २५ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ६ : २५ बजे

यसपालिको दशैंमा टिभिएसको ग्राण्ड एक्सचेन्ज मेला, १० लाखसम्मको छुट अफर

बुटवल । दशैं, तिहार तथा छठ पर्वको अवसरमा १० लाखसम्मको

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको

बेनी अस्पताल बहिरङ्ग सेवा : बिहान ७ देखि बेलुका ८ बजेसम्म

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी)

क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

स्याङ्जा । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल