९ बैशाख २०८२, मंगलबार | April 22, 2025

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज स्वदेश फर्किँदै



काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चाङ्सु आज स्वदेश फर्कँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा सोमबार नेपाल आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा ब्यस्त रहेका उनी आज बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा लीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा। नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भटवार्ता गरेका हुन् ।

यसका साथै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

सभामुख सापकोटाको निमन्त्रणमा चाङ्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ८ : ११ बजे

राप्रपाले बुझायो देशैभरी ज्ञापन पत्र

काठमाडौं । राजतन्त्र फर्काउने आन्दोलनमा सडक आन्दोलनमा रहेको राप्रपाले देशका

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परीक्षामा सहभागी हुदैनौं’

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम