९ आश्विन २०८१, बुधबार | September 25, 2024

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द



बलेवा । बागलुङको गलकोट नगरपालिका-११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए । साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ ।

“बिरामीलाई सामान्य औषधि दिने काम भइरहेको छ । लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ”, उनले भने । गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेङ्गुको पनि परीक्षण गर्ने तयारी गरेको छ ।

विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । गलकोट-११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए ।

गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि विद्यालय बन्दको निर्णय गरिएको उनले जानकारी दिए । शिक्षक भोजेन्द्र नेपालीका अनुसार स्वास्थ्य समस्या देखिएकाले नै विद्यार्थी अनुपस्थित भएका हुन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ८ : २७ बजे

भेरी अस्पतालमा नयाँ मेसुको स्वागत

नेपालगन्ज । कुशल ब्यवस्थापनका लागि ख्याती कमाएका डा. प्रकाश थापालाई

साफ यू-१७ च्याम्पियनसिपमा आज नेपालको सामना भुटानसँग

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ

मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता

वासिङटन डिसी ।। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी

प्रचण्डबारे फेरि बोले रविन्द्र – गणतन्त्रको नायक प्रचण्ड नै हुन्

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका