३ माघ २०८१, बिहिबार | January 17, 2025

काठमाडौं आइपुगे चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु



काठमाडौं । काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुगेका छन् ।

विशेष विमानबाट आएका अध्यक्ष ली केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । । लीलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा, संसद सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु एवं चिनियाँ दूतावासका अधिकारीहरु विमानस्थलमा पुगेका छन् ।

चार दिने नेपाल भ्रमणको क्रममा आएका ली र नेपाली समकक्षी अग्निप्रसाद सापकोटाले नेपाल र चीनको संसदबीच संसदीय सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ ।

अध्यक्ष ली विमानस्थलबाट सोझै सोल्टी होटल जानेछन् । उनी बस्ने प्रबन्ध सोही होटलमा मिलाइएको छ । सोल्टीबाट उनी सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता गर्न संसद भवन नयाँ वानेश्वर आउनेछन् । त्यसक्रममा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल चीन मैत्री संसदीय समहुका सदस्यहरु उपस्थित हुनेछन् ।

सभामुख सापकोटाले अध्यक्ष लीको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेका छन् ।
लीले भोलि मंगलबारबिहान सवा ९ बजे राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग संसद् भवनमै भेटवार्ता गर्नेछन् । त्यसपछि बिहान १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र पौने ११ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।
त्यहाँबाट होटलमा पुगेपछि खाना खानेछन् भने त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष लीले दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवालाई शिष्टाचराा भेटका लागि जानेछन् भने अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
अध्यक्ष ली बिहीबार बिहान चीन फर्कने कार्यक्रम रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताक्रममा रहेका अध्यक्ष लीको सुरक्षाको लागि नेपाली सेनाको कर्णेलको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : ३७ बजे

निकोलस भुसाल फेरी पक्राउ

पोखरा । हिरासतमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

वन मन्त्रालयका ६ महिना : कानुनी र नीतिगत सुधारमा जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन

रवि लामिछानेविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै

बुटवल । जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी

Indian space agency docks two satellites in space

NEW DELHI: The Indian Space Research Organization (ISRO) on Thursday