३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

उर्जामन्त्री भुसाल भन्छिन् – नेपालको दिगो विकासको आधार कृषि, पर्यटन र ऊर्जा



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने बताएकी छिन् ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आज आयोजना गरेको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री भूसालले त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्नेमा जोड दिइन । उनले सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा भएको जनाउँदै देश विकासका लागि जलस्रोतलगायतका प्राकृतिक स्रोतको उचित प्रयोग गर्नुपर्ने बताइन ।

‘पहिले विद्युत्  ‘उज्यालोका लागि, अबको विद्युत्’ उज्वल भविष्यका लागि’ भन्ने मान्यताका साथ सरकारले औद्योगिकीकरण, यातायात सञ्चालन, सिँचाइमार्फत कृषि विकास, लिफ्टमार्फत खानेपानी र सिँचाइका साथै विद्युतीय सामग्रीको प्रयोग गरी उज्यालो भविष्यका लागि ऊर्जाको प्रयोग गर्नुपर्ने उनले बताइन ।

मन्त्री भुसालले भनिन, “ऊर्जाको आन्तरिक खपत बढाउनुका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी छ, जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ ।”

सरकारले मासिक २० युनिटसम्म विद्युत्  ‘खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत’ सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उनको भनाइ थियो।

हाल नेपालको कूल विद्युत् जडित क्षमता करिब दुई हजार मेगावाट पुगेको छ । विद्युत्को माग एक हजार आठ सय मेगावाटको हाराहारीमा रहेको छ । उत्पादित विद्युत् स्वदेशमै खपत हुन नसकेमा सरकारले निर्यात गर्ने नीति लिएको छ । सोअनुरूप वर्षाको समयमा बढी हुने तीन सय ६४ मेगावाट विद्युत् मित्रराष्ट्र भारतमा निर्यात भइरहेको छ ।

सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ । त्यसका कारण यस वर्ष आन्तरिक विद्युत्को खपत करिब २० प्रतिशतले बढेको छ । हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत तीन सय ५१ युनिट रहेकामा आगामी दिनमा उल्लेख्य मात्रामा वृद्धि गरिने योजना सरकारको छ ।

सरकारले एलपी ग्यासलाई क्रमिकरुपमा विद्युतीय चुलोमार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ भन्ने अभियान सुरु गरिसकेको छ । सरकारले नवीकरणीय ऊर्जा प्रविधिद्वारा गरीने विद्युतीकरणका कार्यक्रम स्थानीय तह र सम्बन्धित उपभोक्तासँगको समन्वय र साझेदारीमा गर्दै आएको छ । मन्त्री भुसालले विश्वको पर्यावरणीय सुरक्षा र मानव समुदायको विकासका लागि मिलेर अगाडि बढ्न सबैमा अपिल गरिन् ।

 

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : २७ बजे

नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु

काठमाडौँ । २०८१ सालमा नेपालमा उत्पादित बिजुली भारतपछि बङ्गलादेशतर्फ निर्यात

सांसद राजेन्द्र बजगाईं विरुद्ध पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका

दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हन्छ : उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले भर्खरै निर्माण

विद्युत् निर्यातबाट आर्थिक समृद्धिमा योगदान पुग्ने प्रचण्डको विश्वास

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

नुवाकोटको माझिटारमा शीतभण्डार निर्माण

नुवाकोट । जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको