२३ चैत्र २०८१, शनिबार | April 5, 2025

बालुवाटारमा सिट बाँटफाँटको बालुवा पेलिँदै, शीर्ष नेता सहमतिको खोजीमा



काठमाडौं । मंसिर ४ को निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत मनोनयन दर्ता गर्ने दिन नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनलाई सिट बाँटफाँटको सकस मिलाउन हम्मेहम्मे परिरहेकोछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा निरन्तर बैठक बसेपछि दलहरुबीच सिटबाँटफाँटमा सहमति जुट्न सकेको छैन् ।

आगामी असोज ३ गते निर्वाचनआयोगलाई दलहरुले क्लस्टर मिलाएर समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाउनुपर्ने कार्यतालिका रहेको छ । प्रत्यक्ष तर्फको सिटका लागि सहमति जुटेपछि मात्र दलहरुले कुन नेतालाई समानुपातिमा पठाउने भन्ने निर्णय गर्न सक्ने भएकाले पनि आज भोलिमै सिट बाँटफाँटको टुंगो लगाउनै पर्ने बाध्यता रहेको छ ।

दलहरुले आआफ्नो अडान छोडेका छैनन् । विशेषगरी नेकपा एकीकृत र जनता समाजवादी पार्टी जसपाले धेरै सिटमा दाबी गर्दा मिलाउन कठिन भएको छलफलमा सहभागी नेताहरुले बताउने गरेका छन् ।

बालुवाटारमा आज पनि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भैरहेको छ । बैठकमा सिट बाँटफाँट कार्यदलका सदस्यहरु पनि सहभागी छन् । जसपाले ३२ सिट रहेको मधेशमा धेरै सिट नपाए गठबन्धनबाटै बाहिरिने धम्की दिएपछि नेताहरुलाई दबाब परेको थियो । यद्यपी, जसपा अध्यक्ष उपेन्द्र यादव मिलेर जाने पक्षमै रहेपछि समझदारीको थप आशा पलाएको एक नेताले बताए ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  १२ : १५ बजे

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ

नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाल बार एशोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका