३० चैत्र २०८१, शनिबार | April 12, 2025

द ब्रिटिस कलेजले सम्पन्न गर्यो ‘तेस्रो टीबीसी जब फेयर’



काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको हो ।

जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका २५ बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहेको थियो ।
कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिए ।

उक्त अवसर प्रदान गर्ने कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका थिए ।

कार्यक्रमको उद्घाटनलाई सम्बोधन गर्दै द ब्रिटिस कलेजका एसोसियट डिन अरुण जोशीले स्वागत गरेका थिए । त्यस्तै कार्यक्रमबारे फ्रक्स जबका सिइओ बिमल कँडेलले परिचयात्मक जानकारी दिएका थिए । कलेजले दिएको जानकारी अनुसार उक्त फेयरमा कुल २३३ अन्तर्वार्ता भएको थियो । कार्यक्रमको अन्त्यमा आउने दिनमा आयोजित हुने जब फेयरलाई थप सफल बनाउन प्रतिक्रिया र सुझाव समेत संकल गरिएको थियो ।

त्यस्तै द ब्रिटिस कलेजका एसोसियट डिन अफ क्वालिटी एण्ड एसुरेन्स एमलाल चन्द्र राजभण्डारीले कार्यक्रम समापनको मन्तव्य दिएका थिए । साथै कार्यक्रममा उपस्थित विभिन्न कम्पनीका प्रतिनिधिहरुलाई उनले मायाको चिन्हो प्रदान गरे ।

कार्यक्रममा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  १२ : ३८ बजे

मिश्र र राणालाई रिहाई नगरे आन्दोलन : पशुपतिशम्सेर

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफना नेताहरुको

चैत्र शुक्ल पूर्णिमा : हनुमानको जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त

टाइमलाइन – यी प्रमुख घटना जुन वर्ष २०८१मा चर्चित बने

काठमाडौं । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

पाटन । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई नेपाली

सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद मोहन आचार्य

काठमाडौं । प्रतिनिनिधिसभाका सांसद मोहन आचार्यले नेपालजस्तो भौगोलिक जटिलता भएको