८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राष्ट्र बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक एक अर्ब ६० करोड, ख वर्गका बैंकले ३० करोड र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

बैंकले यही भदौ २२ गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायतका शर्त राखिएको छ । केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाइले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  २ : ४४ बजे

तिनाउको ड्याममा डुबेर एक भारतीय युवकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका ३ स्थित तिनाउ खोलाको पावर

गुल्मीमा सुक्खा पहिरोमा परी एक महिला बेपत्ता

गुल्मी । सुक्खा पहिरोमा परी गुल्मी मालिका गाउँपालिका–२ जुनाम सिम्लेस्थित

संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

जोखिममा काम गर्ने पत्रकारको राज्यले संरक्षण गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतान्त्रिक आन्दोलनलाई

मेलम्चीमा भ्रष्ट्राचार गर्ने पूर्वसचिवसहित चार जनालाई ८ बर्षको जेल सजाय

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका