करेन्ट लागेर गम्भीर घाइते भएका राईलाई स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि राति फेमिली केयर अस्पताल दिक्तेल लगिएको थियो ।
तर, अस्पताल पुर्याएलगत्तै उनलाई मृत घोषणा गरिएको थियो । गत १६ भदौमा छुट्याइएको जम्पर जोड्ने क्रममा उनलाई करेन्ट लागेको वडाध्यक्ष मुगाधन राईले बताए । पाथेकामा २०७० सालदेखि ६० किलोवाट क्षमताको लघुजलविद्युत आयोजना सञ्चालनमा ल्याइएको थियो ।
मृतकका श्रीमती र चार सन्तान छन् । विद्युत गृह नजिक घर भएकाले राईले बेलाबेला अवरुद्ध विद्युत मर्मत गर्दै स्थानीयलाई सहयोग गर्ने गरेका थिए । बिना सेफ्टी विद्युत मर्मतको काममा लाग्दा विभिन्न समयमा विद्युतका कर्मचारी र स्थानीयले ज्यान गुमाउने गरेका छन् ।
प्रतिक्रिया