९ बैशाख २०८२, मंगलबार | April 22, 2025

रुसले बन्द गर्‍याे युरोप जाने मुख्य ग्यास पाइपलाइन



मस्को  । मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए ।

रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ।

नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागर मुनि १२ सय किलोमिटब्ह्र फैलिएको छ ।

सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० मि क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन जुलाईमा १० दिन बन्द भएको थियो र रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।रुसले ग्यासको मूल्य बढाउन खोजेको युरोपेली नेताले त्रास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  १ : ३३ बजे

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु

धनुषा । धनुषामा आमाले विष खुवाउँदा तीन जना छोराछोरीको मृत्यु

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

शिक्षकसँग वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्ने काम गरे : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परीक्षामा सहभागी हुदैनौं’

काठमाडौं । नेपाल शिक्षक महासङ्घले कक्षा १२ को परीक्षा कार्यक्रम

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक