१० पुस २०८१, बुधबार | December 25, 2024

फुटपाथ र सडक अतिक्रमण खाली गरिदिन हात जोड्दै हिँडे नेपालगन्जमा मेयर, नहटाए एक्सनमा आउने चेतावनी



नेपालगन्ज । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले ३५ दिने सूचना बोकेर डोजर सहित अतिक्रमण हटाउन हिँडेर चर्चा कमाएपछि देशका अन्य पालिकाका मेयरहरुले पनि बालेन्द्रको पथ पछ्याउन थालेका छन् । काठमाडौंमा बालेन्द्र उर्फ बालेन डोजर सहित अतिक्रमण हटाउन हिँडे पनि नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट भने भोट माग्न हिँडेकै शैलीमा हात जोडेर अतिक्रमण हटाईदिन व्यवसायीहरुसँग आग्रह गर्दै हिँडेका छन् ।

बालेनले ३५ दिने सूचना जारी गरेर अवधि पुरा भएपछि आफैमा एक्सनमा निस्के भने प्रशान्त हात जोडेर पसल पसलमा सूचना दिँदै हिँडेका छन् । वडाअध्यक्ष र व्यवसायीहरुका प्रतिनिधिहरुलाई साथमा लिएर निस्केका नगरप्रमुखले हातै जोडेर फुटपाथ खाली गरिदिन र अव खाली नगरिदिए उपमहानगरले सामान उठाउने चेतावनी पनि दिँदै हिँडेका थिए ।

सडकको ढल, सर्वसाधारण हिँड्ने फुटपाथ र सडककै केहि हिस्सा ढाकेर वर्षौदेखि व्यवसाय गर्दै आएका वडा नम्बर ८ को सदरलाईनबाट नगर प्रमुखले चेतावनी सहितको सूचना अभियान थालेका थिए । उनीसँगै वडा नमबर ८ का वडा अध्यक्ष रजनीश वाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जिवी ओली, जिल्ला ट्राफिक प्रहरी प्रमुख हिमालय शाह, वडा प्रहरी प्रमुख रिपेन्द्रकुमार सिंह लगायत पनि लावा लस्करमा थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालयबाट आइतबार अपरान्ह ५ बजेतिर सुरु भएको फुटपाथ अतिक्रमण नियन्त्रण अभियान त्रिभुवन चोक, सदरलाईन, त्रिवेणी मोड हुदै करिव दुई सय मिटर पुर्वसम्म पुगेर पुनः फर्केको थियो ।

स्थलगत अनुगमन गरिसकेपछि नगर प्रमुख विष्टले पत्रकारहरुलाई भने, ‘७ दिन भित्र सम्झाउने बुझाउने काम गर्छौ, सडक पेटी अतिक्रमण गरेर जुन सिँढी बनाइएको छ, त्यसलाई हामी ७ दिनभित्र खाली गराउँछौं ।’ उनले सडक पेटीमा हिडडुल गर्ने अधिकार सबैलाई भएको र सहजै व्यवसायीले खाली गरिदिनेमा आफु विश्वस्त रहेको पनि बताए ।

यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरीले आफुहरुले सबै ब्यापारीलाई सडक पेटी खाली गर्न आब्हान गरेको बताए । ‘ब्यापारी कहाँ गएर हामीले सडक पेटी खाली गर्न अनुरोध गरेका छौं, कोही ब्यवसायीले अटेरी गर्छ भने उपमहानगरपालिकाले दण्ड र जरिवाना लगाउँछ,’ उनले भने ‘हामीले पसलमै गएर सम्झाएका छौं, भोली नगरपालिकाले सामान उठायो भने हामी जवाफदेही हुने छैनौ ।’

नेपालगन्जमा यसअघि पनि ट्राफिक प्रहरी, नगर प्रहरी र जनपद प्रहरीले पटक पटक सडक र फुटपाथ अतिक्रमण हटाउने प्रयास गरेको हो, तर व्यवसायीहरुले प्रहरी आउँदा सम्म हटाउने र प्रहरी गएपछि फेरि झुण्ड्याउने गर्दै आएका थिए । उपमहानगरले सडक र फुटपाथ ढाकेर राखिएका व्यवसायिक सामानहरु उठाईदिँदा उद्योग बाणिज्य संघ र राजनीतिक दलका नेताहरुले छुटाईदिने गरेकाले व्यवसायीमा अराजकता बढेको थियो ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  १० : १९ बजे

एमाले सचिवालय : संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच

गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

काठमाडौँ । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्युएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर

सूर्य नेपाल इस्टर्न ओपन सुरु, कोर्स रेकर्डसहित निरजलाई चार स्ट्रोकको अग्रता

धरान । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत तेस्रो प्रतियोगिता