११ पुस २०८१, बिहिबार | December 26, 2024

कार्यक्रम सम्मेलन केन्द्रको उदघाटन : बुटवलका मेयर र गृहमन्त्रीले गरे चुनावी भाषण



बुटवल । बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन चलिरहँदा सम्मेलन केन्द्रको विषयमा भन्दा गृहमन्त्री र बुटवल उपमहानगरका मेयरलाई चुनावी चिन्ता बढी देखियो । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंबाटै लेखेर ल्याएको विषय केन्द्रीत भाषण गरेपनि गृहमन्त्री बालकृष्ण खाँण भने पुरै चुनावी भाषणमा केन्द्रीत रहे ।

थोरै समय उदघाटन भएको सम्मेलन केन्द्रको विषयमा बोलेका खाँणले आधुनिक बुटवलको सबै विकास कांग्रेसले गरेको दाबी प्रस्तुत गर्न पनि भ्याए । बुटवल मण्डप देखि मोतिपुर औद्योगिक क्षेत्र, गौतमबुद्ध अन्तरराष्ट्रिय बिमान स्थल देखि बुटवललाई अस्थायी राजधानी बनाउने काम सम्म कांग्रेसले गरेको खाँणले दाबी गरे । देशमा दर्जन बढी सुरुङमार्ग बन्दै गरेको जानकारी दिए, सिद्धबाबा सुरुङमार्ग छिट्टै बन्ने आश्वासन दिए र जग्गा खुम्चाएर भएपनि मोतिपुर औद्योगिक करिडोरको जग्गामा बसिरहेका स्थानीयलाई नहटाउने ‘लालीपप’ पनि बाँडे । औद्योगिक करिडोरको क्षत्रफल खुम्चाएर स्थानीयबासीलाई बस्न दिने आश्वासन दिएर सांकेतिकरुपमा आगामी चुनावमा मोतिपुरका स्थानीयको मत मागे गृहमन्त्रीले ।

गृहमन्त्री खाँणले सिङ्गै बुटवलको विकासको मसिहा कांग्रेस भएको गफ दिईरहँदा अर्थमनत्री हुँदा देशमै सबै भन्दा बढी बजेट रुपन्देही र बुटवललाई पारेको आरोप खेपेका पूर्व अर्थमन्त्री विष्णु पौडेल अकमक्क परेर खाँणलाई हेरिरहेका थिए । एमालेको आठौं महाधिवेशनमा बन्दसत्र गर्ने बुटवलमा उपयुक्त स्थान नभेटेपछि सोही बेला विष्णु पौडेलले सुबिधा सम्पन्न सभागृह बनाउने सपना बोकेको भन्दै एमाले कार्यकर्ताहरुले फेसबुक रङ्गाईरहेका बेला बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले बुटवलका व्यवसायीहरुले मेला प्रदर्शनी स्थल गर्ने स्थानको माग गरेपछि बुटवलका पूर्व मेयर सुर्यप्रसाद प्रधानको परिकल्पना र पूर्व प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले जग्गा व्यवस्था गरिदिएर बुटवल मण्डप र सम्मेलन केन्द्र बनेको बताईरहेका थिए । उनले पौडेल अर्थमन्त्री हुँदा सम्मेलन केन्द्र बनाउन बजेट सुनिश्चित भएको, ठेक्का र निर्माणको कामले तिब्रता पाएको बिषयमा बोलेनन् । चुनावी शैलीमा उनले दोहोराएर कांग्रेसले मात्र योगदान गरेको कुरा बताईरहे ।

उनले मौकाको सदुपयोग गर्दै प्रधानमन्त्रीलाई बुटवलको सडकको कन्तबिजोग देखि ज्योतिनगरको पहिरोको पिडा पनि पोखे । ठेकेदारले लापरवाही गरेको, सडकको अवस्था लाजमर्दो भएको र ज्योतिनगरमा समयमै केही गर्न नसके बुटवलकै अस्तित्व मेटिने कुरा पनि गरे । सम्मेलन केन्द्र संचालनको जिम्मा बुटवल उपमहानगरलाई दिन पनि उनले माग गरे ।

आजको कार्यक्रममा यसअघि आशा र आश्वासन बाँड्न माहिर मानिएका एमाले उपाध्यक्ष पौडेल भने सन्तुलित बोले । सबैको प्रयासले बुटवलले फड्को मार्दै गरेको चर्चा गरे । राजनीतिभन्दा माथि उठेर विकासको विषयमा एकाकार हुन आह्वान पनि पौडेलले गरे । यस अघिका पौडेलका भाषण पुरै आश्वासन र लोभ बाँडिएको हुने गर्दथे । पौडेलले यस अघि पटक पटक भन्ने गरेका झुम्सा खानेपानी, सिद्धबाबा सुरुङमार्ग, मोतिपुर औद्योगिक क्षेत्र, तिनाउ दानव करिडोर, बेथरी मार्गको चर्चा आज गरेनन् । लुम्बिनीको गुरुयोजना समयमा नसकिएर नेपालले अवसर गुमाएको चर्चा गरेका उनले अन्तराष्ट्रिय विमानस्थलको दोस्रो चरणको परियोजना अघि बढाउन सरकारलाई आग्रह गरे ।

आजको कार्यक्रममा बिषय केन्द्रीत भाषण गरेर पूर्व मन्त्री एवं एकीकृत समाजवादीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले सबैको प्रशंसा पाईन् । उनले सम्मेलन केन्द्रमा सरकारले ठुलो लगानी गरेको चर्चा गर्दै सम्मेलन केन्द्रलाई आत्मनिर्भर बनाएर सरकारको लगानीको सदुपयोग गर्न सुझाव दिईन् । सरकारले बनाईदिएको भने पछि दुरुपयोग गर्नै पर्ने यस अघिको थितीलाई तोडेर नाफामा जाने गरि सम्मेलन केन्द्रको संचालन कार्यविधि बनाउन शहरी विकास मन्त्रालयलाई सुझाईन् । उनले बिहान साँझै बालबालिका र बृद्धबृद्धाहरुको ब्यायाम र मनोरन्जन गर्ने स्थानकारुपमा विकास गर्दै केन्द्रले स्थायी आयको बाटो खोज्नु पर्ने बताईन् ।

नेताहरुले बुटवलको विकासको ठुलो आवाजमा चर्चा चलिरहँदा र शहरी विकास मन्त्रालयका सचिव डा. प्रवेश प्रसाद सिंहले स्वचालित जेनेरेटर जडान भएको भाषण दिईरहँदा प्रधानमन्त्रीकै उपस्थितीमा बिद्युत अवरुद्ध भएर निकैबेर सभाहल अन्धकार बनेको थियो ।

प्रधानमन्त्रीले खासै केही नबोलेपनि गृहमन्त्री र मेयरले भने उदघाटनसत्रलाई चुनावी सभा बनाएको सभामा उपस्थित भएकाहरुले चर्चा गरेका थिए । भाषणको अन्त्यमा गृहमन्त्री खाँणले अस्थायी भएपनि बुटवललाई राजधानी ताकिदिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिईरहँदा राजधानी दाङ सार्ने बेलामा मौनता साँधेका एमाले उपाध्यक्ष पौडेलको मुहार अंधेरो देखिएको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  १० : ०४ बजे

गुरुङ सम्पदा पदमार्ग प्रवर्द्धन कार्यक्रम सम्पन्न

गण्डकी । गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ सम्पदा पदमार्ग अन्तर्गत

भैरहवालाई थप सुरक्षित बनाउन ‘एएनपिआर’ जडान

भैरहवा । सिमावर्ती शहर भैरहवालाई थप सुरक्षीत बनाउन अत्याधुनीक विद्युतीय

सैनामैनाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट बलात्कार अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ

आचरसंहिता उल्लङ्घन गर्ने अनलाइन कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे