२८ मंसिर २०८२, आइतबार | December 14, 2025

वन पैदावार निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो



खोटाङ । काष्ठ व्यवसायीले खोटाङबाट वन पैदावार वस्तु निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो गरेका छन् । खयरको काठ निकासीका क्रममा करदाता सेवा कार्यालय, डिभिजन वन कार्यालय र सम्बन्धित् पालिकालाई छुट्टा–छुट्टै राजस्व तिर्नुपरेको गुनासो गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाह–१ बाहुनीडाँडाबाट खयरको काठ निकासीका क्रममा दोहोरो कर तिर्नु परेको सुमात्रीका सप्लायर्सका सुवास राईले बताए । सुमात्रीका सप्लायर्सलाई डिभिजन वन कार्यालयले निजी नम्बरी आवादीको काठ १० दिनभित्र घुर्मी कटारी हुँदै हिमालयन कत्था उद्योग, मिरचैया, सिराहामा स्थानान्तरणका लागि गत २६ साउनमा इजाजत दिएको थियो ।

कृष्णकुमारी कार्कीको अख्तियारीले सुमात्रीका सप्लायर्सले ६६ बोट खयरको ११८०।७९ क्यूफिट ९स्यापउड सहित० काठ निकासी गर्न इजाजत पाएको थियो । मुल्यअभिवृद्धि करबापत करदाता सेवा कार्यालयको खातामा २५ साउनमा रावाबैंकमा १ लाख ५३ हजार ५३० र प्रदेश सेवा शुल्कवापत सोही दिन आर्थिक प्रशासन शाखा, डिभिजन वन कार्यालयको नाममा रावाबैंक दिक्तेलमा ५ हजार ९१० रुपैयाँ दाखिला गरिएकोमा पुःन २८ साउनमा वडा कार्यालय बाहुनीडाँडालाई ८४३ क्यूफिटको प्रतिक्यूफिट २० रुपैयाँका दरले १६ हजार ८६० रुपैयाँ राजस्व तिर्नुपरेको राईले गुनासो गरे ।

‘राजस्व तिर्नुपर्‍यो भन्ने गुनासो होइन, तर दोहोरो तिर्नुपर्‍यो भन्ने हाम्रो गुनासो हो,’ राईले भने, ‘डिभिजन वन वा स्थानीय तहमध्ये एक ठाउँमा राजस्व बुझाएपछि वनपैदावार वस्तु निकासी गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

डिभिजन वन कार्यालयको १३ जेठको कटान आदेश अनुसार सव–डिभिजन वन कार्यालय महादेवस्थान, हलेसीका सहायक वन अधिकृत राजदेव ठाकुरले काठ चेकजाँच गरी टाँचाले विमार्का निस्सा गरेका थिए । हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले राजस्व परामर्श समितिको प्रस्तावअनुसार कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाको भूगोलभित्रको वनपैदावार निकासी कर लिइएको बताए ।

‘दोहोरो राजस्व तिर्नुपरेको होला तर आफ्नो भूगोलभित्रको सम्पदा निकासी गर्नेक्रममा स्थानीय सरकारले कर लिन सक्ने व्यवस्था छ,’ उपमेयर राउतले भने, ‘नगरबाहिरको सम्पदा निकासी भइरहेको छ भने त्यसबाट राजस्व उठाउँदैनौं । तर हाम्रो भूगोलभित्रबाट निकासी हुने वनपैदावारको अनिवार्य राजस्व उठाउने व्यवस्था गरेका छौँ ।’

उपमेयर राउतका अनुसार ठेकेदारले गाउँकै केही स्थानीयलाई प्रयोग गरेर खयर निकासी गर्ने गरेका छन् । कतिपय मापदण्ड नपुगेका खयर र उत्तिसको रुख कटान गरेको जनगुनासो आइरहेको राउतले बताए ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ०२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%